एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

काठमाडौं - यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ । यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ । बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ । यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गरेको बताएको छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो ।

नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी-आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन् । यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई-पाङ्ग्रे ब्रान्ड हो। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

यामाहाले ल्यायो फेस्टिभल अफर, बम्परमा १२ तोला सुन जित्न सकिने

काठमाडौं – यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

नो प्रोब्लम फर पेट्रोल प्राइस : प्रविधि र माइलेज दुवैका लागि उपयुक्त छन् यामाहाका यी मोटरसाइकल

नो प्रोब्लम फर पेट्रोल प्राइस : प्रविधि र माइलेज दुवैका लागि उपयुक्त छन् यामाहाका यी मोटरसाइकल

इन्धनको मूल्य घट्ने छाटकाट अझै देखिएन । यो अवस्थामा इलेक्ट्रिक सवारी साधन...

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...