यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक
काठमाडौं – यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस...
यामाहाले भारतमा एफजेड–एस एफआई हाइब्रिड लन्च गरेको छ । १ लाख ४५ हजार भारु मूल्य तोकेर बिक्री सुरु गरिएको एफजेड–एस एफआई यामाहाको पहिलो हाईब्रिड मोटरसाइकल हो ।
यस मोटरसाइकलमा याहामा फेसिनो स्कुटरको जस्तै हाइब्रिड टेक्नोलोजी दिइएको छ । जसलाई यामाहाले २०२५ को भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रदर्शन गरेको थियो ।
एफजेड–एस एफआई हाइब्रिड १४९ सीसी, सिंगल–सिलिन्डर इन्जिनद्वारा संचालित छ जुन इन्टिग्रेटेड स्टार्टर जेनरेटर (आइएसजी) सँग जोडिएको छ । यसले १२.३ बिएचपी पावर र १३.३ एनएम टर्क जेनेरेट गर्दछ । साथै यस नयाँ मोटरसाइकलमा स्टप–एन्ड–स्टार्ट सिस्टम समेत राखिएको छ ।
यामाहाले एफजेड–एस हाइब्रिडमा केही एर्गोनोमिक परिवर्तनहरू पनि गरेको छ । कम्पनीका अनुसार संशोधित ह्यान्डलबार पोजिसनले यस मोटरसाइकलाई अझै आरामदायी बनाउको छ भने, नयाँ स्विचगियर प्रयोग गर्न सजिलो छ । यामाहाले यस बाइकको इन्धन ट्याङ्कीमा नयाँ क्याप समेत दिएको छ ।
एफजेड–एस एफआई हाइब्रिडमा ४.२ इन्चको रंगीन टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल राखिएको छ । जसलाई वाई–कनेक्ट एप प्रयोग गरेर स्मार्टफोनमा जडान गर्न सकिन्छ । जसले गर्दा राइडरले टर्न–बाई–टर्न नेभिगेसनलाई प्रयोगमा ल्याउन सक्नेछन् ।
काठमाडौं – यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस...
यामाहाले आफ्नो लोकप्रिय रेट्रो वाइक एफजेड–एक्समा ५ नयाँ फिचर थप गरेको छ ।...
चितवनको भरतपुरस्थित मिलन चोकमा यामाहा मोटरसाइकलको नयाँ ब्लु स्क्वायर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...