२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको आधिकारिक वितरक पीटी नेटा अटो इन्डोनेसियाले सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । गत फेब्रुअरी १३ देखि २३ सम्म जाकार्ताको जेआई एक्सपो केमायोरानमा आयोजित उक्त शोमा नेटा भी र नेटा एक्सले ३२८ युनिट बुकिङ प्राप्त गरेका छन् ।

पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लानले सो उपलब्धिले इन्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउने र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए ।

उक्त शोमा नेटाले नेटा भी–टु अर्वान स्पोर्ट कन्सेप्ट प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेको थियो । यसका साथै, नेटाले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया समेत गरेको थियो । लान भन्छन्, ‘इन्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

नेपालमा समेत नेटाको १ हजार भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री भइसकेको नेपालका लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले जनाएको छ । नेपालमा यसका लागि २२ सेल्स तथा सर्भिस सेन्टर र २५० भन्दा बढी चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्क रहेको कम्पनीको दावी छ ।

सीजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपालले ईभी बजारमा नयाँ उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

के होला इलेक्ट्रिक टु ह्विलरको भबिष्य ? यी ५ ठूला ब्रान्ड बन्न सक्छन् प्रमुख चुनौती

इलेक्ट्रिक टु ह्विलरको माग बजारमा खासै बढ्न नसकेपनि पछिल्लो समय नयाँनयाँ...

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

सुरु भयो एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज : दिपल, नामी, अवतार र सेरेसका लोकप्रिय ईभीमा झुम्मिए ग्राहक

काठमाडौं – एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...