नयाँ जेनेरेसन एसयूभी किया स्पोर्टेजको टिजर सार्वजनिक, जुलाईमा ग्लोबल डेब्यु हुँदै
कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात...
किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा माइलस्टोन हासिल गरेको छ । कियाले लन्च भएको ३६ महिनामा २ लाखभन्दा बढी क्यारेन्स कार बिक्री गरेको छ । कम्पनीले यसलाई ७० भन्दा बढी देशमा निर्यात गरेको छ ।
किया क्यारेन्सले छोटो समयमा नै ठुलो सफलता हासिल गरेको छ । सो एमपीभी कार आरामदायी र सुविधा सम्पन्न कार चाहने परिवारका लागि राम्रो विकल्प बनेको छ । यसमा भएका सनरुफ, फरक ड्राइभिङ मोड, भेन्टिलेटेड सिट र किया कनेक्ट जस्ता फिचरले सबैलाई आकर्षित गरेको छ । यस्ता फिचरले कारलाई अझ प्रिमियम बनाएको छ ।
किया क्यारेन्सको डिजेल भेरिएन्ट भन्दा पेट्रोल भेरिएन्ट बढी लोकप्रिय छ । ५८ प्रतिशत ग्राहकले पेट्रोल भर्सन र ४२ प्रतिशत ग्राहकले डिजेल भर्सन रोजिरहेका छन् । अटोमेटिक र आईएमटी गियर भएका मोडल पनि निकै प्रसिद्ध छ । ३२ प्रतिशत ग्राहकले यी ट्रान्समिसन रोजिरहेका छन् भने २८ प्रतिशत ग्राहकले सनरुफ भएको मोडेल रोजेका छन् । धेरैजसो ग्राहकले ७सिटर मोडल खरिद गरिरहेका छन्, जुन कुल बिक्रीको ९५ प्रतिशत हो ।
किया क्यारेन्समा उन्नत फिचर, फराकिलो इन्टेरियर र उत्कृष्ट सेफ्टी फिचर समावेश छ । क्यारेन्स भारतमा मात्र नभई अन्य देशमा पनि लोकप्रिय हुँदै गइरहेको छ । कम्पनीले ७० भन्दा बढी देशमा २४ हजार ६४ वटा क्यारेन्स गाडी निर्यात गरेको छ।
कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात...
कोभिड १९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको...
किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...