अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

काठमाडौं - ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गतको म्याक लुब्रिकेन्ट्सले महिलालक्षित बाइक र्‍याली आयोजना गरेको छ ।

शनिबार सिप्रदी ट्रेडिङ थापाथली शिखर बिजबाट एन्फा कम्प्लेक्स सातदोबाटोसम्म ‘एक्सिलेट एक्सन हर डे हर वे’ भन्ने नाराका साथ बाइक र्‍याली आयोजना गरिएको हो । महिला दिवसमा थप ऊर्जा जोडेर भव्यताका साथ सम्पन्न गर्नका लागि विशेषगरी महिलाहरुकै लागि बाइक र्‍याली आयोजना गरिएको म्याक लुब्रिकेन्ट्सका बिजनेस हेड दिनेश केसीले जानकारी दिए ।

र्‍यालीमा म्याक लुब्रिकेन्ट्सको प्रोडक्ट म्याक ४० स्कुटेक एनएक्सटी र म्याक ४० एनएक्सटी प्रयोग गरिएको थियो । यी दुवै साधनले महिलाहरुको हरेक यात्रा सुरक्षित बनाई सफलतामा पुग्न सहयोग पुर्याउने भएकाले यसले महिला सशक्तिकरणमा भूमिका खेल्ने बिजनेस हेड केसीले विश्वास व्यक्त गरे ।

म्याक लुब्रिकेन्ट्सद्वारा उत्पादित सवारी साधनले सफलताको लागि संघर्ष गरिरहेका हरेक महिलाहरुलाई जहाँ पनि सहजता र सुरक्षाका साथ पुर्याइदिने उनको भनाई छ । साथै महिलाहरुको मनोबल उच्च बनाउन, घरेलु हिंसा कम गर्न, समान अवसर र सहभागिता प्रदान गर्ने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हाे ।

र्‍यालीमा २० जना लेडी बाइकरहरुको सहभागिता रहेको थियो । जसमा वर्षा बस्नेत र सुरक्षा केसीलगायतका चर्चित लेडी बाइकरहरुका साथै उनकै टिमको लेडी बाइकरहरु पनि उपस्थित थिए ।

महिला लक्षित र्‍यालीपछि एन्फा कम्प्लेक्समा सुरक्षित ड्राइभिङसम्बन्धी विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएको थियो ।

सम्बन्धित समाचारहरू

फाइनल राउन्ड विजेता बने पौडेल र विष्ट

फाइनल राउन्ड विजेता बने पौडेल र विष्ट

नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्ड सम्पन्न भएको छ । गत शुक्रबार...

स्पेनमा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्समा नेपाली टोली सहभागी हुँदै

स्पेनमा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्समा नेपाली टोली सहभागी हुँदै

यही अक्टोवर २३ देखि २७ मा स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए...

रेप्सोल प्रिमियम लुब्रिकेन्ट अब नेपाली बजारमा

रेप्सोल प्रिमियम लुब्रिकेन्ट अब नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा दुई पांग्रे सवारी साधनका लागि उपयुक्त प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...