भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको नम्बर वान मानिने हिरो मोटोकर्पको ताज खोसिएको छ । यति मात्र होइन, यो दोस्रो नभई तेस्रो स्थानमा झरेको छ भने होन्डा पहिलो र टीभीएस दोस्रो नम्बरमा रहन सफल भएका छन् ।

गत वर्षको यही समयको त्रैमासिक अवधिको तुलनामा यो वर्षको त्रैमासिकमा शतप्रतिशत बिक्री बढेको छ । घरेलु बजारका साथै एक्स्पोर्ट मार्केटले समेत यसमा भूमिका खेलेको छ । यसमा आईसीई इन्जिनका साथै इलेक्ट्रिक टु ह्विलरले समेत महत्वपूर्ण भूमिका खेलेको छ ।

फेब्रुअरी महिनामा होन्डाले ४ लाख २२ हजार ४४९ युनिट बिक्री गरेको छ भने टीभीएसले ४ लाख ३ हजार ९७६ र हिरोले ३ लाख ८८ हजार ६८ युनिट बिक्री गरेको छ । यो अवधिमा होन्डा र टीभीएसले गत वर्षको यही महिनाको तुलनामा क्रमशः ७.९, ९.६ प्रतिशत बिक्री बढाएका छन् भने हिरोको बिक्री १७.२ प्रतिशत घटेको छ ।

टीभीएसले पहिलो पटक मासिक बिक्रीका आधारमा हिरो मोटोकर्पलाई पछि पारेको छ । अन्य कम्पनीको बिक्रीमा यो महिना गिरावट आइरहेको समयमा टीभीएसको बिक्री भने ह्वात्तै बढेको छ । फेब्रुअरीमा टीभीएसको निर्यात २६ प्रतिशत बढेर १ लाख २४ हजार ९९३ पुगेको छ, जुन गत वर्षको यो महिनामा ९८ हजार ८५६ मात्र थियो । यसको इलेक्ट्रिक स्कुटर आईक्युबको बिक्री पनि ३४ प्रतिशत बढेर २४ हजार भन्दा बढी पुगेको छ ।

नेपाली बजारमा समेत यी तीनै ब्रान्डका सवारी साधन बिक्रीका लागि उपलब्ध छन् । भारत र नेपालको बजारमा समान भए पनि बिक्रीका आधारमा भने यहाँको अवस्था भारत भन्दा अलि फरक छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको...

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

अभिनेत्री एलिजा गौतमले किनिन् अफरोडर अल–इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स, गरियो हस्तान्तरण

काठमाडौं – नेपालमा ओमोडा एन्ड जेइको ईभीको आधिकारिक वितरक एसपीजी...

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं–सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्वलाई ध्यानमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...