देशभरका सर्भिस सेन्टरमा विशेष अफर सहितको यामाहा मेगा सर्भिस क्याम्प

काठमाडौं – यामाहा नेपालले देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा यामाहा मेगा सर्भिस क्याम्पको आयोजना गरिरहेको छ । फागुन १८ देखि सुरु भएको सो क्याम्प आगामी फागुन २४ गतेसम्म चल्छ । देशभरका यामाहा चालकहरूका लागि यो एक रोमाञ्चक अवसर हुनेछ । दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले बताएको छ ।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५ प्रतिशत, टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेन्युइन स्पेयर पाट्र्समा १० प्रतिशत र लेबर चार्जेजमा ५० प्रतिशत छुट पाउने छन् भने सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक–अप, निःशुल्क बाइक वास, निःशुल्क एएमसी कार्ड र सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।

नेपालभरि २०० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ। योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

मेगा सर्भिस क्याम्पको उदघाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘हामी उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं। यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं।’

एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपांग्रे ब्रान्ड हो। यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ। यामाहाको गुणस्तरीय सेवा र ग्राहक हेरचाहप्रतिको समर्पणका कारण प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

व्यवसायी पवन घिमिरेले किने ३५ लाख मूल्यको यामाहा बोल्ट

व्यवसायी पवन घिमिरेले किने ३५ लाख मूल्यको यामाहा बोल्ट

काठमाडौं – यामाहाको नेपालमा उपलब्ध महंगो मोटरसाइकल मध्ये एक यामाहा बोल्ट...

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...