बीवाईडी हाई–टेक विक सम्पन्न, गरियो बीवाईडी एट्टो ३ को १० लाख १० हजारौं ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ ।

चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए । इभेन्ट गत फागुन १५ देखि प्रारम्भ भएर फागुन १८ मा समापन भएको हो ।

ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौं बीवाईडी एट्टो ३
बीवाईडी हाई–टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्शाएको कम्पनीको भनाइ छ ।

बीवाईडी हाई–टेक विक एक्सक्लुसिभ अफर विस्तार
यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टिका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउने कम्पनीले बताएको छ ।

दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै
हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाए, जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरु लाइभ शोकेस गरिएको थियो ।

इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘चीन वाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभुतपूर्व रुपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरुबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रुपमा भइरहेको ईभी रुपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौ । १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक प्रालि सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं – महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले...

गुगल जेमिनी एआईसहितको संसारकै पहिलो इलेक्ट्रिक कार भल्भो ईएक्स६० सार्वजनिक

गुगल जेमिनी एआईसहितको संसारकै पहिलो इलेक्ट्रिक कार भल्भो ईएक्स६० सार्वजनिक

भल्भोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ईएक्स६० गुगल जेमिनी एआई सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...