सिप्रदीको कपन वर्कशपमा वार्षिक १ लाख ४० हजार युनिट सौर्य ऊर्जा उत्पादन हुने, सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्य
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र...
भारतीय बजारमा टाटाले चाँडै नै ईभी सेगमेन्टमा नयाँ ह्यारियर ईभी प्रस्तुत गर्ने सम्भावना रहेको छ। हालै टाटा मिड साइजको एसयूभी ह्यारियरको ईभी परीक्षणको क्रममा देखिएको थियो । त्यसपछि कम्पनीले सो एसयूभीको ईभी संस्करण चाँडै नै लन्च गर्ने अनुमान गरिएको छ ।
सो एसयूभीको डिजाइन र फिचरको बारेमा पनि जानकारी खुलेको छ । ईभीको डिजाइन आईसीई संस्करण जस्तै हुने अनुमान गरिएको छ । साथै अगाडिको ग्रिल, बम्पर, अलोय ह्विलमा पनि परिवर्तन गरिनेछ । ईभी भएकोले यसमा इलेक्ट्रिक ब्याजिङ पनि दिइनेछ ।
यद्यपि कम्पनीले हालसम्म सो एसयूभीको बारेमा कुनै जानकारी दिएको छैन । तर सिंगल चार्जमा लगभग ५०० किलोमिटर रेन्जको साथमा लन्च हुने अपेक्षा गरिएको छ । साथै यसमा अल ह्विल ड्राइभ र धेरै ड्राइभिङ मोडको विकल्प पनि प्रदान गर्न सकिन्छ।
ह्यारियरको इलेक्ट्रिक भर्सनको लन्चिङको बारेमा टाटाले कुनै आधिकारिक जानकारी दिएको छैन, तर यो अर्को वर्षसम्ममा लन्च हुन सक्ने अनुमान गरिएको छ । यसको एक्स-शोरूम मूल्य लगभग २५ लाख भारु हुनेछ ।
लन्चिङ पछि टाटाको नयाँ ह्यारियर ईभीले हुन्डाई क्रेटा इलेक्ट्रिक, बीवाईडी एट्टो ३, एमजी जेडएस ईभी, एमजी विन्डसर ईभी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...