नयाँ एडास फिचर र प्रिमियम फिचरले सुसज्जित किया ईभी४ अन्तरार्ष्ट्रिय बजारमा

किया हाल आफ्नो इलेक्ट्रिक सवारी साधनको लाइनअप विस्तार गर्नमा व्यस्त छ। यसै अन्तर्गत कम्पनीले किया ईभी४ प्रस्तुत गरेको छ। यसको बिक्री कोरियामा मार्च २०२५ मा सुरु हुनेछ। साथै यही वर्ष युरोपेली बजारमा पनि बिक्रीको लागि उपलब्ध हुनेछ।

यसको एक्सटेरियरमा लो नोज, ठाडो हेडल्याम्प र कियाको सिग्नेचर स्टार म्याप एलईडी डीआरएल दिइएको छ । यसको साइड प्रोफाइलमा स्पोर्टी ड्युअलटोन अलोय ह्विल, फ्लश डोर ह्यान्डल, ह्विल आर्च, टेपरिङ रूफलाइन र ब्ल्याकआउट पिलर समावेश छ ।

किया ईभी४ मा मल्टी लेयर्ड ड्यासबोर्ड, ३० इन्च स्क्रिन डिस्प्ले र माउटेन्ड कन्ट्रोलको साथमा १ स्पोक असिमेट्रिकल स्टेयरिङ ह्विल दिइएको छ । यसमा स्लाइडिङ टेबल कन्सोल, घुम्ने आर्मरेस्ट, दुबै पङ्क्तिमा पर्याप्त सिट ठाउँ, डायनोमिक वेलकल लाइटिङ र एम्वियन्ट जस्ता सुविधाले सुसज्जित गरिएको छ । साथै युट्युब, नेटफ्लिक्स, डिज्नी प्लस, गेम र कराओके जस्ता मनोरञ्जन विकल्प पनि रहेको छ ।

किया ईभी४ लाई ४००भी इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्ममा विकसित गरिएको हो । यसलाई ५८.३ किलोवाट ब्याट्री प्याक र ८१.४ किलोवाट ब्याट्री प्याक गरी दुई भेरिएन्टमा ल्याइएको छ । सो मोटरले २०१ एचपी पावर उत्पादन गर्नेछ।

यसको टप स्पिड १७० किलोमिटर प्रति घण्टा रहेको छ । ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई केवल ७.४ सेकेन्डको समय लाग्छ । फुल चार्जमा यसको रेन्ज ५९० किलोमिटर भएको कम्पनीको दाबी छ ।

सम्बन्धित समाचारहरू

कियाको नयाँ ईभी६ भारतमा लन्च, सिंगल चार्जमा ६६३ किमी रेन्ज

कियाको नयाँ ईभी६ भारतमा लन्च, सिंगल चार्जमा ६६३ किमी रेन्ज

किया इन्डियाले आफ्नो नयाँ ईभी६ लन्च गरेको छ । सो नयाँ इलेक्ट्रिक कार...

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया २.० अन्तर्गत पहिलो गाडी साइरोस ल्याउने तयारीमा किया

किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९...

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...