बीवाईडी हाइब्रिड पिकअप भित्रियो नेपाल, बीवाईडी हाई–टेक विक २०२५ मा प्रदर्शन

काठमाडौं – नेपाली बजारमा बीवाईडीको प्लग इनँ हाइब्रिड पिकअप शार्क ६ भित्रिएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एभरेष्ट होटलमा आयोजना गरिरहेको बीवाईडी हाई–टेक विक २०२५ मा सो पिकअप प्रदर्शन गरेको छ ।

बीवाईडी शार्कले समग्रमा सिंगल चार्जमा करिव ८०० किलोमिटर सम्म यात्रा गर्न सक्छ । यसमा १.५ लिटरको पेट्रोल इन्जिनलाई बीवाईडीको ब्लेड ब्याट्री र इलेक्ट्रिक मोटरसँग पेयर गरिएको छ । यसले संयुक्त रुपमा ३२१ किलोवाट पावर र ६५० एनएम टर्क जेनेरेट गर्छ । ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन यसलाई ५.७ सेकेन्ड मात्र लाग्छ ।

यसमा बीवाईडीको डीएमओ प्लेटफर्म प्रयोग गरिएको छ, जहाँ ओ भनेको अफरोड र डीएम भनेको ड्युअल मोड बुझिन्छ ।

यसमा २९।५८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा १०.२५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र रोटेटिङ १५.६ इन्चको एडेप्टिभ टचस्क्रिन छ । यसैगरी एनएफसी डिजिटल कि र हेड्स अफ डिस्प्ले जस्ता फिचर रहेका छन् ।

यो ५ हजार ४५७ एमएम लामो, १ हजार ९७१ एमएम चौडा र १९२५ एमएम अग्लो छ । अफरोड क्षमता प्रदान गर्न यसमा डबल विसबोन फ्रन्ट र रियर सस्पेन्सन छ भने मड, स्यान्ड र स्नो मोडमा चलाउन सकिन्छ । यसमा हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, भेइकल डाइनामिक कन्ट्रोल र अटो होल्ड लगायतका विभिन्न विशेषता छन् ।

साइमेक्स इंकले ग्राहकको चाहना बमोजिम सो पिकअप बिक्रीका लागि समेत उपलब्ध गराउने बताएको छ । यद्यपि हाल सो गाडी अवलोकनका लागि मात्र उपलब्ध छ । ग्राहकको चाहना बमोजिम बिक्री गरिने र मूल्य समेत पछि तोकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

काठमाडौं –आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु...

२ लाख कम मूल्यमै सानो ईभी, अब मूल्य २० लाख ९६ हजार

२ लाख कम मूल्यमै सानो ईभी, अब मूल्य २० लाख ९६ हजार

काठमाडौं – केई ई–क्युट ०२ अब २० लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुने भएको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...