रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक भारतमा सार्वजनिक

शक्तिशाली मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्ड पनि अब इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ । रोयल इन्फिल्डले हालै आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल 'फ्लाइङ फ्ली सी६' भारतमा सार्वजनिक गरेको छ । सो मोटरसाइकल इटालीको मिलानमा आयोजित ईआईसीएमए २०२४ अटो शोमा अनावरण गरिएको थियो।

'फ्लाइङ फ्ली' ब्रान्ड दोस्रो विश्वयुद्धको समयमा ब्रिटिश सेनामा प्रयोग भएको मूल फ्लाइङ फ्ली मोटरसाइकलबाट प्रेरित छ । नयाँ 'फ्लाइङ फ्ली सी६' लाई शहरी क्षेत्रमा सवारीका लागि डिजाइन गरिएको छ। यसमा रेट्रो लुकसहितको गोलाकार एलईडी हेडलाइट, गर्डर फ्रन्ट फोर्क, १७ इन्चका टायर र एल्युमिनियम फ्रेम जस्ता विशेषता हुनेछ ।

सो बाइकमा ३०० सीसीको आईसीई मोटरसाइकल जत्तिकै शक्तिशाली मोटर हुनेछ, जसको रेन्ज २०० किलोमिटरसम्म हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यसको ब्याट्री र मोटर सम्बन्धी विस्तृत जानकारी कम्पनीले सार्वजनिक गरेको छैन।

बाइकमा ३.५ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट टच प्यानल, स्मार्टफोन कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसन जस्ता फिचर प्रदान गरिएको छ। यसले स्पिड, ट्रिप मिटर, ब्याट्री र रेन्नज जस्ता विवरण देखाउनेछ । अन्य फिचरमा, कर्नरिङ एबीएस, क्रूज कन्ट्रोल र ५ राइड मोड समावेश छ । साथै बाइकमा सिंगल-पीस सिट दिइएको छ । बाइकको अगाडि गोलो एलईडी हेडल्याम्प र ह्यान्डलबारमा एलईडी इन्डिकेटर प्रदान गरिएको छ।

बाइकमा इको, रेन, टुर, पर्फर्मेन्स र कस्टम राइडिङ मोड छ । एडिशनल फिचरको रुपमा मल्टीपल राइडिङ मोड, क्रूज कन्ट्रोल, ओभर-द-एयर सफ्टवेयर अपडेट, कीलेस इग्निशन र ट्र्याक्सन कन्ट्रोल समावेश छ । थप सुरक्षाको लागि ट्याङ्कीमा आपतकालीन सेफ्टी स्विच पनि प्रदान गरिएको छ।

'फ्लाइङ फ्ली सी६' को बिक्री सन् २०२६ मा सुरु हुने अपेक्षा गरिएको छ। यसले रोयल इन्फिल्डलाई इलेक्ट्रिक सवारीसाधन बजारमा नयाँ पहिचान दिलाउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड नेपालको प्रायोजनमा जिरी मेनिया–२०२५ आयोजना हुँदै

रोयल इन्फिल्ड नेपालको प्रायोजनमा जिरी मेनिया–२०२५ आयोजना हुँदै

काठमाडौं–आगामी चैत्र १५ देखी १७ गतेसम्म जिरी मेनिया–२०२५ आयोजना हुने भएको...

रोयल इन्फिल्ड हन्टरले हासिल ग-यो ५ लाख युनिट बिक्रीको माइलस्टोन, नेपालमा लोकप्रिय बन्दै

रोयल इन्फिल्ड हन्टरले हासिल ग-यो ५ लाख युनिट बिक्रीको माइलस्टोन, नेपालमा लोकप्रिय बन्दै

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट...

रोयल इनफिल्ड मोटरसाइकलमा अव सिएफ मोटोको इन्जिन

रोयल इनफिल्ड मोटरसाइकलमा अव सिएफ मोटोको इन्जिन

रोयल इनफिल्डले आफ्नो नयाँ पुस्ताको २५० सिसी मोटरसाइकलमा चिनियाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...