फर्चून–५०० मा बीवाइडीले हाँसिल गर्यो २१२ औं स्थान
हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले...
बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को फेसलिफ्ट भर्सनको ताजा तस्विर सार्बजनिक गरेको छ । यसअघि चीनको नियामकिय निकाय उद्योग तथा सुचना प्रबिधी मन्त्रालयले सार्बजनिक गरेको नयाँ एट्टो३ को तस्विर हाल भने कम्पनी आँफैले औपचारिक रुपमा बाहिर ल्याएको हो ।
सार्बजनिक भएको उक्त तस्विरमा नयाँ एट्टो३ निकै आकर्षक र बोल्ड देखिएको छ । यसको फ्रन्ट फेन्डरमा क्यामेरा राखिएको प्रष्ट देख्न सकिन्छ भने नयाँ बम्परले लुक्सलाई थप एग्रेसिभ बनाएको छ । २०२५ एट्टो३ को ग्रिल र हेडलाइट भने परिवर्तन भएको छैन ।
अगाडी राखिएको नयाँ क्यामेराले एडास फिचरलाई थप प्रभावकारी बनाउने अनुमान गरिएको छ । बीवाईडीले हालै चीनको प्रख्यात ड्रोन निर्माता डिजेआईसंग एडास फिचर लिने गरी एक सम्झौता गरेको थियो । जसअनुसार यस एसयूभीमा गड्स आई नामक ड्राइभिङ एसिस्टेन्स सिस्टम उपलब्ध हुनेछ ।

हाईटेक फिचरले सुुसज्जित हुने सो एसयूभीको विन्डशिल्ड तल ३ वटा क्यामेरा ब्लक, ४ वटा सराउन्ड भ्यू क्यामेरा, ५ वटा लङ रेन्ज क्यामेरा, ५ एमएम लामो वेभ राडर र १२ वटा अल्ट्रा सोनिक राडरसहित कुल २९ वटा सेन्सर उपलब्ध हुनेछ । कारमा ६ वटा इन्टेलिजेन्ट पार्किङ मोड पाइनेछ ।
कारको पछाडी भागमा सामान्य परिवर्तन मात्रै गरिएको छ । पछाडी यसको रुफ स्पोइलर र रुफ पिल्लरमात्र परिवर्तन गरिएको छ भने बम्पर लाईनलाई फ्रन्टको डिजाइन ल्यांग्वेजसंग म्याच हुनेगरी अपग्रेड गरिएको छ । नयाँ एट्टो३ १७ र १८ इन्च ह्विलर अप्सनमा आउने जनाइएको छ ।
फ्रन्ट एक्सलमा सिंगल मोटर जडान भएर आउने नयाँ एट्टो३ ४९.९ र ६०.५ किलोवाट आवर ब्याट्री प्यामा उपलब्ध हुनेछ । यसको मोटर क्षमता १५० किलोवाट हुनेछ र भने रेन्ज ४३० र ५१० किलोमिटर दाबी गरिएको छ ।
चिनियाँ बजारमा युवान प्लस नामले बिक्री हुँने सो नयाँ भर्सन यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । नयाँ मोडलको मुल्य र इन्टेरियरमा गरिएको अपडेट भने सार्बजनिक गरिएको छैन ।
हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले...
काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...
म्यानचेस्टर सिटी क्लबमा आवद्ध इंग्ल्यान्डका फुटबल खेलाडी फिल फोडेनले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...