स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य

किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च गरेको छ । अपडेट गरिएको सेल्टोसमा स्मार्टस्ट्रीम १.१ लिटर पेट्रोल र १.५ लिटर सीआरडीआई डिजेल इन्जिन विकल्प सहित ८ नयाँ भेरिएन्टमा पेश गरिएको छ । साथै किया सेल्टोस अब कुल २४ भेरिएन्टमा उपलब्ध हुने भएको छ ।

नयाँ किया सेल्टोसमा ३ नयाँ भेरिएन्ट एचटीई(ओ), एचटीके(ओ) र एचटीके प्लस(ओ) समावेश छ, जसले यसलाई अझ आकर्षक बनाएको छ।

सेल्टोस एचटीई(ओ) :  यसको मूल्य ११ लाख १३ हजार भारु मूल्य रहेको छ। सो एसयूभीमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ६ स्पिकर अडियो सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, एलईडी डीआरएल र एलईडी रियर कम्बी ल्याम्प, रियर भ्यू मिरर र कनेक्टेड टेल ल्याम्प जस्ता फिचर समावेश छ ।

सेल्टोस एचटीके(ओ) : किया सेल्टोस एचटीके(ओ) को मूल्य १२ लाख ९९ हजार भारु रहेको छ । यसमा प्यानोरामिक सनरुफ, १६ इन्चको अलोय ह्विल, क्रूज कन्ट्रोल, इल्युमिनेटेड पावर विन्डोज, रुफ रेल र रियर वाइपरको साथमा वाशर र डिफगर, साउन्ड सिङ्क सहितको मुड ल्याम्प र स्मार्ट कि मोशन सेन्सर जस्ता उन्नत फिचर दिइएको छ ।

सेल्टोस एचटीके प्लस(ओ) : यसको मूल्य १४ लाख ३९ हजार भारु तोकिएको छ । यसमा १७ इन्चको अलोय ह्विल, एलईडी हेडल्याम्प र टर्न सिग्नल एलईडी सिक्वेन्स लाइट, एलईडी फग ल्याम्प, ग्लोसी ब्ल्याक रेडिएटर ग्रिल, अटो फोल्ड आउटसाइड रियर भ्यू मिरर, स्मार्ट की मोशन सेन्सर आदि जस्ता अन्य सुविधा समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै

सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...