केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा गर्न अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च

भारतमा अप्रिलिया ट्युनो ४५७ स्पोर्ट्स बाइक लन्च गरिएको छ। यसको डिजाइन अप्रिलिया आरएस ४५७ सँग धेरै मिल्दोजुल्दो छ।

सो बाइकमा ४५७ सीसी प्यारालल-ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ४७.६ एचपी र ४३.५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन स्लिप-एन्ड-एसिस्ट क्लचको साथ ६ स्पिड गियरबक्समा जोडिएको छ । ट्युनो ४५७ को फ्रेम, सस्पेन्सन, ब्रेक र इलेक्ट्रोनिक्स सुइट आरएस ४५७ सँग साझा गरिएको छ।

ट्युनोको ४५७ को डिजाइन अप्रिलिया आरएस ४५७ सँग मिल्दोजुल्दो भएता पनि लुकमा भने केही फरक देखिन्छ। सो बाइकमा दुई वटा शार्प डेटाइम रनिङ लाइट भएको नयाँ एलईडी हेडलाइट नयाँ ट्युनो ४५७ मा रहेको अप्रिलिया ट्राइ-बल्ब सेटअपलाई प्रतिस्थापन गरेको छ । ट्युनोमा १२.७ लिटर इन्धन ट्याङ्की समावेश छ । सो बाइकको तौल १७५ किलोग्राम छ।

ट्युनो ४५७ मा अलि छोटो गियरिङ पनि छ । यसकव बुकिङ सुरु भइसकेको छ र मार्चसम्ममा डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ । ट्युनो ४५७ले यामाहा एमटी -०३ र केटीएम ३९० ड्युकसँग प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने...

रोबोट ट्याक्सी र ड्रोनको तीव्र विस्तारले चीनमा लाखौं चालकको रोजगारी संकटमा

रोबोट ट्याक्सी र ड्रोनको तीव्र विस्तारले चीनमा लाखौं चालकको रोजगारी संकटमा

चीनमा एआई र अटोमेशन प्रविधिको तीव्र विस्तारसँगै नयाँ प्रकारको सामाजिक तथा...

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...