इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक
आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टियागो.ईभी २०२५ को बुकिङको साथै डेलिभरी सुरु गरेको छ । उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो.ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य अर्थात २७ लाख ४९ हजार रुपैयाँमा नेपालमा आएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, ‘नेपालमा हाम्रा विद्युतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई नयाँ २०२५ टियागो.ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो । टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो.ईभीले आफ्नो बिरासत कायम राख्दै बिगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहने छ ।’
सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठका अनुसार टियागो.ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको छ । यसमा सबैभन्दा सुरक्षित, सरल एवं आरामदायी ढंगले नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सकिने हुनाले यो सफलता सम्भव भएको हो । यसको नयाँ मोडल २०२५ टियागो.ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ । उनले यो ईभीले पनि धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार नयाँ टियागो.ईभी २०२५ मोडलमा २६.०३ सेमीको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा उपलब्ध छ ।
सुरक्षाको दृष्टिकोणले दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्। टियागो.ईभीमा आईपी ६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ जस कारणले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ। साथै कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ । यो गाडी स्लिक एलईडी हेडल्याम्प, डीएलआर र आर१४ हाइपरस्टाइल ह्विलले सुसज्जित छ, जसको कारण गाडी स्पोर्टी र अत्याधुनिक देखिन्छ ।
टियागो.ईभी २०२५ बुकिङको लागि ९८०१०१३४६९ मा फोन गर्न वा कम्पनीको वेबसाइट प्रयोग गर्न सकिन्छ ।
आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...
काठमाडौं– एनआईयूले नाइमा मोबिलिटी एक्सपोमा दुई नयाँ इलेक्ट्रिक बाइक लन्च...
टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोजको फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...