हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

काठमाडौं–हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने तयारी गरेको छ । सोलिड–स्टेट ब्याट्री हुन्डाईको एक ड्रिम प्रोजेक्ट रहेको र अव यसले अन्तिम रुप लिन लागेको जनाइएको छ ।

कम्पनीका अनुसार यस नयाँ ब्याट्रीलाई दक्षिण कोरियाको दक्षिणी ग्योन्गी प्रान्तमा हुण्डाईको नयाँ उइवाङ अनुसन्धान केन्द्रमा विकास गरिनेछ । सोलिड–स्टेट ब्याट्री जडित प्रोटोटाइप गाडी छिट्टै सार्वजनिक गर्ने र सन् २०३० सम्ममा ठूलो मात्रामा उत्पादन सुरु गर्ने लक्ष्य हुन्डाई मोटर्सले राखेको छ ।

टोयोटा र होन्डाले समेत सोलिड–स्टेट ब्याट्री ल्याउन मेहनत गरिरहेका छन् भने चिनियाँ ब्याट्री स्टार्टअपहरू पनि दशकको अन्त्यसम्ममा ठूलो मात्रामा सोलिड–स्टेट प्याकहरू उत्पादन गर्न दौडिरहेका छन् ।

परम्परागत लिथियम–आयन ब्याट्रीहरूको तुलनामा निकै मजवुत मानिन सोलिड–स्टेट ब्याट्रीमा एनोड र क्याथोडको बीचमा आयनहरू सार्न तरल इलेक्ट्रोलाइट प्रयोग गरिएको हुन्छ । जसले पोलिमर, अक्साइड वा सल्फाइडहरूबाट बनेको ठोस इलेक्ट्रोलाइटको लागि तरललाई स्वैप गर्दछ ।

हुन्डाईको साथै निओ र होन्डा सहित अन्य धेरै अटो उत्पादकहरु यो नेक्स्ट–जेन ब्याट्री प्रविधि विकास गर्न दौडिरहेका छन् । जसले ईभीको भविष्य सही दिशामा अघि बढेको देखाउँछ । छिटो चार्जिङ, लामो रेन्ज र सुरक्षित कार्यसम्पादनका कारण पछिल्लो समय सोलिड–स्टेट ब्याट्रीको प्रयोग ब्यापक रुपमा बढ्न थालेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना

हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना

हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...

वार्षिक ४ सय युनिट बिक्री हुने हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस

वार्षिक ४ सय युनिट बिक्री हुने हुन्डाईको एस्काभेटर आर२२०एलएस स्मार्ट प्लस

नेपाली बजारमा धेरै बिक्री हुने एस्काभेटर मध्ये हुन्डाईको एस्काभेटर...

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...