चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता, पछि प-यो जापान
जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...
बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ । बीवाईडीले सबै मोडलमा उपलब्ध गराउने सो फिचरका कारण एक्सपेङ र गिली अटो लगायतका चाइनिज कार निर्माता कम्पनीहरुको सेयर मूल्यमा समेत गिरावट आएको छ ।
बीवाईडीले आफ्ना २१ मोडलमा ‘गड्स आई’ एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) उपलब्ध गराउने घोषणा गरेको छ । बीवाईडीको प्रतिस्पर्धी कम्पनी टेस्लाले समेत यस्तै सिस्टम उपलब्ध गराइरहेको छ । यसका लागि बीवाईडीले थप मूल्य समेत नलिने बताएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ । यसको मूल्य ९ हजार ५५५ डलर छ ।
बीवाईडीको यो कदमबाट नयाँ प्राइस वार समेत हुने विश्लेषकहरुको भनाइ छ । चाइनिज आर्टिफिसियल स्टार्टअप डिपसिकको समेत ईभीमा प्रवेशको चर्चा चलिरहेको समयमा बीवाईडीको यो कदमबाट अर्को रोचकता थपिएको छ ।
गड्स आई एडास फिचर भित्र १२ क्यामेरा, ५ एमएम वेभ राडार, १२ अल्ट्रासोनिक राडार छन् । प्रयोग भएका १२ क्यामेरामा ३ वटा अगाडि, ५ पानारोमिक क्यामेरा, ४ साइड क्यामेरा प्रयोग भएको छ । पाँच वेभ राडारले ३६० डिग्री भ्यु खिच्नेछ । कारको अगाडि ३०० मिटरमा कहाँ के भइरहेको पत्ता लगाउने छ ।
बीवाइडीले ‘गड्स आई’ भनेको नयाँ एडास फिचर ए, बी र सी नामाकङ्कन गरेर ल्याएको छ । कम्पनीले कम मूल्यका कारमा सी, मिड रेन्जमा बी र टप प्रिमियम ब्रान्डमा ए भेरिएन्टको प्रयोग गर्नेछ ।
सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको गड्स आईले ड्राइभरलाई क्यामेरा र राडार सेन्सरमार्फत सहयोग गर्छ । यसबाट भ्यालेट पार्किङ, एडेप्टिभ क्रुजिङ र अटोमेटेड ब्रेकिङ लगायतका फिचर उपलब्ध हुन्छ ।
जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...
काठमाडौँ – एमक्युबले ईभी निर्माता कम्पनी बीवाईडीसँगको साझेदारीमा आयोजना...
सिजी मोटर्सले नेपाल ल्याएएको बिद्युतिय कार जिएसी एवोन वाई अव १० प्रतिशत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...