धनगढी, नेपालगञ्ज र सुर्खेतमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स ‘पीजीएम’ मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट्सको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालको धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

नेपाल ल्युब आयल लिमिटेडको आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रमहरूमा सयौँको संख्यामा नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सहरूले जोश, जाँगर र हर्षोल्लासका साथ सहभागिता जनाएको नेपाल ल्युब आयलले जनाएको छ ।

धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का केन्द्रीय सदस्य राम नरेश चौधरीज्यू प्रमुख अतिथि रहेका थिए भने क्षेत्र नम्बर ‘घ’ का पूर्व अध्यक्ष रूपलाल चौधरी अतिथिका रूपमा उपस्थित थिए । यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष सविन घिमिरे अतिथिका रूपमा उपस्थित थिए । सुर्खेतमा सम्पन्न कार्यक्रममा नाटुका केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने प्रमुख अतिथि थिए भन नाटु कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी अतिथिका रूपमा उपस्थित थिए ।

‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रममार्फत हामीले रिटेलर तथा पीजीएम साथीहरूसँग प्रत्यक्ष छलफल गर्नमात्रै होइन, उहाँहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर पनि प्राप्त गर्छौ,’ कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । उनीहरुले नेपाल ल्युब आयलको उत्पादनहरू अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीको बारेमा पनि जानकारी दिएका थिए । छलफलकै क्रममा, यी सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकहरूको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीहरूले समर्थन व्यक्त गरेका थिए।

कार्यक्रमहरूमा गल्फ लुब्रिकेन्टका विभिन्न ठाउँहरूमा अवस्थित रिटेलर तथा पीजीएमहरूलाई सेल्सको आधारमा ‘बेस्ट रिटेलर सेल्स अवार्ड’ तथा ‘बेस्ट पीजीएम सेल्स अवार्ड’ प्रदान गरिएको थियो । साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

काठमाडौं – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ...

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर...

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

काठमाडौं – नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...