नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट गर्न सुरु गरेको छ । नयाँ एट्टो३ यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । सो नयाँ मोडलको एक्सटेरियरमा ब्यापक परिमार्जन गरिएको छ ।

चिनियाँ बजारमा यूवान प्लस नामले बिक्री हुँदै आएको सो ईभीमा कम्पनीले नयाँ ड्राइभिङ एसिस्टेन्स सिस्टम दिन लागेको हो । कारको अग्रभागलाई झनै स्पोर्टी देखिने बम्पर राखेर रिडिजाइन गरिएको छ भने पछाडी पनि राम्रैसंग रिफ्रेस गरिएको छ ।

नयाँ एट्टो३ मा रुफ स्पोइलर, ब्रेक लाइट, बडी कलर, रियर पिल्लर र क्यामेरामा समेत नयाँपन पाइनेछ । साथै यसको इन्टेरियरमा पनि राम्रैसंग अपडेट गरिएको अनुमान गरिएको छ ।

सो नयाँ मोडलमा प्रयोग हुने पावरट्रेन र स्पेसिफिकेसन भने पुरानैले निन्तरता पाउने जनाइएको छ । हाल उपलब्ध एट्टो३ लाई बीवाईडीले ४९.९ र ६०.५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराउँदै आएको छ । जसले सिंगल चार्जमा ४३० र ५१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

बीवाईडी एट्टो३ नेपाली बजारमा सर्बाधिक बिक्री हुने बिद्युतिय एसयुभी हो । नेपाली बजारमा यसको ४९.९ किलोवाट आवर ब्याट्री प्याक जडित भेरिएन्टलाई ५६ लाख ९० हजार रुपैयाँ पर्छ भने लङ रेन्ज भेरिएन्टको ६७ लाख ८० हजार तोकिएको छ ।
चीनमा लन्च भए पश्चात यसको नयाँ मोडल नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बन्यो बीवाईडी डल्फिन

बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको...

१०० दिनमा १ लाख युनिट बीवाईडी सिलायन ०६ उत्पादन, बन्यो नयाँ रेकर्ड

१०० दिनमा १ लाख युनिट बीवाईडी सिलायन ०६ उत्पादन, बन्यो नयाँ रेकर्ड

बीवाईडीले हालै लन्च गरेको नयाँ एसयुभी सिलायन ०६ ले एक महत्वपूर्ण रेकर्ड...

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...