टीभीएस ‘एक्स’को डेलिभरी सुरु, दुई वर्षअघि नै लन्च भएको विद्युतीय स्कुटरमा के छ खास विशेषता ?

टीभीएसले आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘एक्स’ ग्राहकलाई दिन थालेको छ । सन् २०२३ को अगस्टमा लन्च गरिएको सो स्कुटर लगभग दुई वर्षपछि डेलिभरी दिन थालिएको हो ।

कम्पनीको नयाँ आर्किटेक्चर एक्सलेटनमा आधारित यस स्कुटरको डिजाइन क्रियोन अवधारणाबाट प्रेरित छ, जुन २०१८ अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । यसमा स्पोर्टी, डुअल टोन बडीवर्क, स्टेप्ड सिट र १०.२५ इन्चको टचस्क्रिन इन्स्ट्रुमेन्ट कन्सोलसहित म्याक्सी लुक्स दिइएको छ ।

टीभीएस एक्समा ४.४४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ र यसले सिंगल चार्जमा १४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा र्याम–एयर–कूल्ड पर्मानेन्ट म्याग्नेट मिड–ड्राइभ मोटर राखिएको छ । जसले ९.३८ बीएचपी पावर जेनेरेट गर्दछ ।

तीनवटा राइडिङ मोड पाइने यस स्कुटरले ४.५ सेकेन्डमा ०–६० किमी/घण्टाको गति पकड्न सक्ने दाबी गरिएको छ । साथै, यसको टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा छ ।

सो नयाँ स्कुटरको अगाडी टेलिस्कोपिक फोर्क र पछाडि अफसेट मोनो–शकको साथ सिंगल साइडेड स्विङआर्म राखिएको छ । स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक सहित सिंगल च्यानल एबिएस समेत उपलब्ध छ । यसको मूल्य २ लाख ५० हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

३०० सिसीमा टिभिएसको नयाँ एड्भेन्चर मोटरसाइकल आउँदै

३०० सिसीमा टिभिएसको नयाँ एड्भेन्चर मोटरसाइकल आउँदै

टीभीएसले आफ्नो नयाँ बाइकमा काम गरिरहेको छ । रिपोर्टका अनुसार टीभीएसको...

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...