यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी सिरोस ल्याएको छ। यसको एचटीकेलाई बेस भेरिएन्टको रुपमा प्रस्ताव गरिएको छ। यसमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ।

किया सिरोस एचटीके भेरिएन्टमा कम्पनीले एउटा मात्र इन्जिन विकल्प दिएको छ । यसमा १ लिटर क्षमताको टर्बो इन्जिन स्मार्टस्ट्रिम जी१.० टी-जीडीआई ६एमटी प्रदान गरिएको छ ।

यसमा कम्पनीले डिजिटल टाइगर फेस फ्रन्ट ग्रिल, आइस क्यूब हलोजन ल्याम्प, हलोजन टेलल्याम्प, हाई माउन्ट स्टप ल्याम्प, कभरसहितको १५ इन्चको स्टिल ह्विल, शार्क फिन एन्टेना, सिल्भर इन्टिग्रेटेड स्पोइलर, प्रिमियम ग्रे रुफ लाइनिङ, रुम म्याप र ल्याम्प, पावर स्टेयरिङ, सेन्ट्रल कन्सोल आर्मरेस्ट,  म्यानुअल एसी, राइजर एसी भेन्ट्स, अटो लाइट कन्ट्रोल, सनग्लास होल्डर, रिमोट की, १२ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कार प्ले, ब्लुटुथ कनेक्टिभिटी, रियर भ्यु क्यामेरा, टाइप सी चार्जिङ पोर्ट, १२ भोल्ट सकेट जस्ता फिचर प्रदान गरिएको छ ।

साथै यसमा कम्पनीले सेफ्टीका लागि फ्रन्ट ड्युअल एयरब्याग, फ्रन्ट सिट साइड एयरब्याग, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, ब्रेक फोर्स असिस्ट सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, चाइल्ड लक, चार रियर पार्किङ सेन्सर, सबै सिटका लागि थ्री पोइन्ट सिट बेल्ट रिमाइन्डर, आईसोफिक्स चाइल्ड एन्कोरेज जस्ता फिचर उपलब्ध गराएको छ ।

हालै किया सिरोसको मूल्य सार्वजनिक गरिएको छ । यसको मूल्य ८ लाख ९९ हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...