महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौँ - महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

तेस्रो अधिबेशन तथा नौ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केशव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, उनले महानगर यातायात प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा धन्यवाद व्यक्त गरे।

‘महानगर यातायातलाई सम्पूर्ण नेपालीको आफ्नै यातायात बनाउने अभियानको नेतृत्व गर्दा खुसीभन्दा बढी जिम्मेवारीको अनुभव गरिरहेको छु,’ खतिवडाले भने।

महानगर यातायात निजी सार्वजनिक यातायातको अग्रणी कम्पनी हो, जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्। काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यस यातायातले केही दिनअघि मात्रै थानकोटदेखि धुलिखेलसम्म सेवा विस्तार गरेको छ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

काठमाडौं –  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने...

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके–नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३...

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

काठमाडौं – ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...