नयाँ एड्भेन्चर मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ खुला, मूल्य ८ लाख ५९ हजार

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ औपचारिक रुपमा खुलाएको छ ।

नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।

यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पु¥याउने दावी गरिएको छ ।

हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।

औपचारिक रुपमा लन्च हुनु पहिले उपलब्ध हुने अफरको रुपमा ग्राहकले लिमिटेड संख्यामा उपलब्ध मोटरसाइकल प्राप्त गर्नेछन् । सो बाइकको अन्य फिचरको वारेमा भने कम्पनीले अहिले जानकारी सार्वजनिक गरेको छैन ।

थप जानकारी लिन र प्रि–बुकिङ लगायतका सुविधाका लागि नजिकको क्रसफायर शोरुम भ्रमण गर्न वा क्रसफायर नेपालका सामाजिक सञ्जाल अवलोकन गर्न समेत क्रसफायर नेपालले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता...

क्रसफायर र इटालिका मोटोमा दशैं अफर : ५० हजारसम्म नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन

क्रसफायर र इटालिका मोटोमा दशैं अफर : ५० हजारसम्म नगद छुट र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन

काठमाडौं– यसपाली दशैंमा क्रसफायर र ईटालिका मोटो बाइक खरिद गर्ने ग्राहकले...

के नयाँ गर्दैछ क्रसफायरले ? नयाँ बाइक ल्याउँदै कि अफरोड यात्रा गर्दै ?

के नयाँ गर्दैछ क्रसफायरले ? नयाँ बाइक ल्याउँदै कि अफरोड यात्रा गर्दै ?

क्रसफायर बाइकको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...