नेपाली बिक्रेतामार्फत भुटान पुग्यो क्रसफायर मोटरसाइकल, औपचारिक कारोबार सुरु

काठमाडौं–नेपालको अग्रणी तथा विश्वासिलो मोटरसाइकल ब्रान्ड क्रसफायरले भुटानमा आधिकारिक रूपमा आफ्नो उपस्थितिसँगै अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जसलाई नेपालको बढ्दो अटोमोबाइल उद्योगका लागि विश्व मञ्चमा गर्वको छलाङका रूपमा हेरिएको छ ।

नेपालस्थित आधिकारिक विक्रेता क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले भुटानमा छट्टै कम्पनी खडा गरेर क्रसफायरको बिक्री थालेको हो ।

सन् २०१३ मा स्थापना भएदेखि एड्भेन्चर तथा अफ–रोड राइडर समुदायका लागि उच्च प्रदर्शनयुक्त मोटरसाइकलहरू प्रस्तुत गर्दै आएको क्रसफायरले सशक्त डिलर नेटवर्क, उत्पादन श्रृंखला विस्तार, मोटर स्पोट्र्स प्रवद्र्धन र राइडर समुदाय सशक्तीकरणमार्फत आफूलाई केवल ब्रान्ड नभई एक आन्दोलनका रूपमा स्थापित गरेको छ ।

भुटानको चुबाचुमा सम्पन्न उद्घाटन कार्यक्रममा आधिकारिक शोरूम सञ्चालन, नेपालका चर्चित स्टन्ट राइडर सरोज दा (हिडन नेपाल एक्सन) द्वारा रोमाञ्चक प्रदर्शन तथा भुटानी राइडरहरूका लागि उत्पादन प्रदर्शन र टेस्ट राइड अनुभव प्रदान गरिएको थियो, जहाँ उल्लेखनीय जनसहभागिता देखिएको थियो ।

भुटानमा क्रसफायर आरएमजेड २५० मोडलको बिक्री औपचारिक रूपमा सुरु भइसकेको कम्पनीले जाएको छ । निकट भविष्यमा विद्युतीय मोबिलिटीअन्तर्गत क्रसफायर ईभी र ग्यारो सहित थप उत्पादनहरू भुटानी बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

मूल्य घट्दा समेत क्रसफायरले ल्यायो १० हजार छुट र १ लाख जित्ने अफर

काठमाडौं – क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बिक्रेता...

लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

लगातार घट्दै क्रसफायर बाइकको मूल्य, एकै पटक घट्यो ४४ हजार रुपैयाँ

काठमाडौं – विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले मूल्य बढाउने गरेकोमा...

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

क्रसफायर आरएमजेड २५० अब छिट्टै लन्च हुने, केही दिनमै मिति तोकिने

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...