नयाँ ८ स्पिड अटोमेटिक गियरबक्स अपडेटसहित स्कोडा स्लाभिया फेसलिफ्ट लन्च हुँदै
स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको फेसलिफ्ट संस्करण भारतीय बजारमा...
काठमाडौँ–नेपाली अटोबजारमा निकै प्रतिक्षा गरिएको एसयूभी स्कोडा कुशाक फेसलिफ्ट आधिकारिक रूपमा सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्स्पान्जले आइतबार एक विशेष कार्यक्रमका बीच ‘रियल ड्राइभर्स वान्टेड’ अभियानका साथ यसलाई बजारमा उतारेको हो ।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरे । कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रावलले बताए ।
क्लासिक प्लस, स्पोर्ट लाइन र मोन्टे कार्लो गरी कुल तीन भेरिएन्टमा उपलब्ध यस गाडीको सुरुवाती मूल्य रु. ५७ लाख ९० हजार रुर्पैयाँ तोकिएको छ । सबैभन्दा महंगो भेरिएन्टको ९१ लाख ९० हजार रुपैयाँ पर्ने बताइएको छ ।
नयाँ कुशाक फेसलिफ्टको एक्स्टेरियरमा व्यापक परिमार्जन गरिएको छ । यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल, थप मस्कुलर बम्पर, र प्रिमियम लुक्स दिने स्लिम एलईडी हेडल्याम्प्स र एलईडी डिआरएलएस जडान गरिएको छ । गाडीको रियर प्रोफाइलमा यो सेग्मेन्टमै पहिलो पटक इलुमिनेटेड स्कोडा वर्डमार्क सहितको कनेक्टेड एलईडी टेललाइट उपलब्ध छ, जसले यसलाई सडकमा गुड्दा निकै आकर्षक र प्रिमियम देखाउँछ ।
१.० लिटर र १.५ लिटर टिएसआई इन्जिन विकल्पमा उपलब्ध यो एसयूभी ८ स्पिड अटोमेटिक तथा डीएसजी ट्रान्समिसनमा उपलब्ध छ ।
यस एसयूभीको टप भेरियन्टमा प्यानोरामिक सनरुफ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६ वे पावर्ड भेन्टिलेटेड सिट, र एम्बियन्ट लाइटिङ जस्ता फिचर्स छन् । सुरक्षाको सवालमा स्कोडा कुशाक ग्लोबल एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गाडी हो । कारमा ६ वटा एयरब्याग स्ट्यान्डर्ड (सबै भेरियन्टमा अनिवार्य) गरिएको छ ।
यसका साथै इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी), एबीएस, ईबीडी, टायर प्रेसर मोनिटरिङ, र टप भेरियन्टमा चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता ४० सम्म सक्रिय तथा निष्क्रिय सुरक्षा सुविधाहरू समावेश छन् ।
स्कोडा नेपालले ग्राहकको मर्मतसम्भार लागतलाई पारदर्शी र किफायती बनाउन ‘प्रमिस अफ १२’ योजना समेत घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले देशभरका १२ वटै सेवा केन्द्रबाट कुनै पनि लुकेको शुल्कबिना, हरेक १२ महिना वा १२ हजार किलोमिटरको वार्षिक मर्मतसम्भार केवल १२ हजार रुपैयााको निश्चित शुल्कमा गराउन सक्नेछन् ।
यो कार नेपाली सडकका चुनौतीपूर्ण पहाडी राजमार्गदेखि व्यस्त सहरी क्षेत्रसम्मका लागि उत्कृष्ट र किफायती विकल्प बन्ने कम्पनीको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...