ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा मोडल ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्यमा वृद्धि गरिएको छ । नेपालका लागि ट्रायम्फको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।

पहिले यसको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य ६ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । यस अनुसार सो मोडलमा १० हजार रुपैयाँ वृद्धि गरिएको हो ।

नेपाली बजारमा उपलब्ध ट्रायम्फको अर्को मोडल ट्रायम्फ स्पिड ४०० को मूल्य भने यथावत ६ लाख ३९ हजार ९ सय रुपैयाँ नै छ ।

गत भदौंमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको ट्रायम्फ स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्सको मूल्य क्रमशः ६ लाख ३९ हजार ९ सय र ६ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । सुरुवाती मूल्यका रुपमा तोकिएको सो मूल्य केही समय पछि बढ्ने अनुमान गरिए पनि हाल सम्म यसको मूल्य वृद्धि गरिएको थिएन । अहिले भने एक मोडलको मूल्यमा मात्र सामान्य अर्थात १० हजार रुपैयाँ वृद्धि गरिएको कम्पनी स्रोतको भनाइ छ ।

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु-याउछ । स्क्र्याम्बलर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोर्क्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्बलर एर्गोनोमिक्स सहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।

शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पिड ४०० मा ४०० सीसीको टिआर–सिरिज इन्जिन, ६–स्पिड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ । यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलइडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरू

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

चर्चित दुई राइडरद्वारा सीएफमोटो बाइकमा आइरन बट च्यालेन्ज प्रयास, एक ऐतिहासिक कदम

चर्चित दुई राइडरद्वारा सीएफमोटो बाइकमा आइरन बट च्यालेन्ज प्रयास, एक ऐतिहासिक कदम

काठमाडौं – नेपालले पहिलोपटक विश्वस्तरको सहनशील (इन्ड्युरेन्स)...

इनड्राइभ नेपालले सुरु ग-यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

इनड्राइभ नेपालले सुरु ग-यो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकलाई सुनौलो अवसर

काठमाडौं – विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...