चाँडै लन्च हुने तयारीमा यी ५ एसयूभी, कुनको विशेषता के ?

हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा धेरै नयाँ एसयूभी मोडल प्रस्तुत गरिएको थियो । यी मध्ये कैयौ एसयूभी चाँडै नै बिक्रीको लागि उपलब्ध हुने अनुमान गरिएको छ । अटो एक्स्पो २०२५ मा प्रदर्शन गरिएका यी ५ एसयूभी चाँडै भारतीय बजारमा लन्च हुने पुष्टि भइसकेको छ ।

किया साइरोस : किया साइरोस भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक रूपमा डेब्यु गरिएको थियो। यसमा १.० लिटर टर्बो जीडीआई र १.५ लिटर सीआरडीआई इन्जिन भएको पेट्रोल र डिजेल दुवै इन्जिन उपलब्ध छ ।

मारुती सुजुकी ई-भिटारा : मारुती सुजुकीले अटो एक्सपो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा प्रदर्शन गरेको थियो । यसमा ४९ किलोवाट र ६१ किलोवाट क्षमताको २ वटा ब्याट्रीको विकल्प रहेको छ । सो ईभीले एक पटक चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीको दाबी छ ।

क्रेटा ईभी : हुन्डाईले अटो एक्सपो २०२५ मा बहुप्रतिक्षित क्रेटा ईभी लन्च गरेको थियो । यसमा ४२ किलोवाट र ५१.४ किलोवाट क्षमताको दुईवटा ब्याट्री प्याक रहेको छ, जसले एक पटक चार्जमा ३९० किलोमिटरदेखि ४७३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ ।

टाटा सिएरा : टाटा सिएराको प्रि-प्रोडक्शन संस्करण अटो एक्सपो २०२५ मा प्रस्तुत गरिएको थियो। पावरट्रेनको रूपमा यसमा १.५ लिटर टर्बोचार्ज पेट्रोल र २.० लिटर डिजेल इन्जिन उपलब्ध हुनेछ । साथै सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र १२.३ इन्चको स्क्रिन जस्ता फिचर रहेको छ ।

टोयोटा अर्बन क्रुजर ईभी : हालै सम्पन्न अटो एक्सपो २०२५ मा टोयोटाले बहुप्रतिक्षित अर्बन क्रुजर ईभी सार्वजनिक गरेको थियो । रिपोर्टका अनुसार सो ईभी २०२५ मा लन्च गर्न सक्ने अनुमान गरिएको छ । यसमा ४९ किलोवाट र ६१ किलोवाट क्षमताको ब्याट्री प्याक प्रदान गरिएको छ, जसले एक पटक चार्जमा ५०० किलोमिटर भन्दा बढीको रेन्ज प्रदान गर्न सक्छ ।

सम्बन्धित समाचारहरू

बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

काठमाडौँ -नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं...

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

कार इन्जिनको स्पार्क प्लग कहिले र कसरी परिवर्तन गर्ने? यी कुरामा ध्यान दिनुहोस्

स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको...

कार सस्पेन्सन सिस्टमका प्रकार र विशेषता: कुन सवारीमा कुन प्रविधि प्रयोग हुन्छ?

कार सस्पेन्सन सिस्टमका प्रकार र विशेषता: कुन सवारीमा कुन प्रविधि प्रयोग हुन्छ?

गाडीमा सेफ्टीका लागि सस्पेन्सन सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...