महानगरले थप ४० वटा ठुला सिटी बस सञ्चालनमा ल्यायो, यात्रुले आकर्षक उपहार पाउने

काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ । महानगरले आजैदेखि थप ४० वटा ठुला सिटी बस भित्र्याउन लागेको जानकारी दिएको छ ।

महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा भने यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो।

महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँ बसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने अध्यक्ष मधुसुदन अधिकारीले बताए ।

सो रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरले जनाएको छ। यस्तै, महानगर यातायातले आजदेखि १० गतेदेखि नै आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको उल्लेख गरेको छ ।

हिमालयन हर्वल कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको उपहार योजनाअन्तर्गत यात्रुले प्रत्येक टिकटबापत लक्की ड्रमा सहभागी हुन पाउनेछन्, जसबाट दैनिक रुपमा १५० भाग्यशाली यात्रुले हिमालयन हर्वलका तर्फबाट आकर्षक उपहार पाउनेछन्।

आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न कटिबद्ध रहेको जानकारी गराउँदै हाम्रो सेवा विस्तारले नेपालभरका यात्रुहरूको यात्रा सहज, सुरक्षित र सुविधाजनक बन्ने विश्वास अध्यक्ष अधिकारीको भनाई छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन...

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

अब पर्यटकले अनलाइनमार्फत ‘बस टिकट’ काट्न पाउने

काठमाडौं -आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...