यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा जुम १६० स्कुटर १ लाख ४८ हजार भारु मूल्यमा लन्च गरेको छ । स्पोर्टी लुकको हिरो जुम १६० ले भारतीय बजारमा यामाहा एरोक्स १५५ र ​​अप्रिलिया एसएक्सआर १६० सँग प्रतिपर्धा गर्नेछ ।

कम्पनीले अटो एक्सपो २०२५  मा जुम १२५ स्कुटर पनि ८६ हजार ९०० भारुमा लन्च गरेको छ । हिरो जुम १६० को बुकिङ फेब्रुअरी देखि र डेलिभरी मार्चदेखि सुरु हुनेछ । यसमा कम्पनीले १५६ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले सुसज्जित गरेको छ, जसले  ८००० आरपीएममा १४ बीएचपीको पावर र ६५०० आरपीएममा १३.७ एनएमको टर्क जेनेरेट गर्छ ।

जुम १६० मा १४ इन्चको फ्रन्ट र रियर ह्विल उपलब्ध गराएको छ । म्याक्सी स्टाइलको सो स्कुटरमा अल एलईडी लाइटिङ, कीलेस स्टार्ट, टर्न-बाय-टर्न नेभिगेसनको साथमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र अलग सिट खोल्नको लागि बटन जडान गरिएको छ । यसको तौल १४१ किलोग्राम छ ।

स्कुटरको सिट मुनि ठुलो स्टोरेज स्पेस दिइएको छ, जसमा साना साना सामानका साथै फुलसाइजको हेलमेट राख्न सकिन्छ । स्कुटरमा स्ट्यान्डर्ड फिटमेन्टको रुपमा २४० एमएमको फ्रन्ट डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक रहेको छ । यसको अगाडि टेलिस्कोपिक फोर्क्स र पछाडि ड्युअल स्प्रिंग्स रहेको छ ।

सम्बन्धित समाचारहरू

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स...

हिरोले नयाँ जेनेरेसन एक्सपल्स २१० बाइक ल्याउँदै, सामाजिक सञ्जालमा टिजर सार्वजनिक

हिरोले नयाँ जेनेरेसन एक्सपल्स २१० बाइक ल्याउँदै, सामाजिक सञ्जालमा टिजर सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो पोर्टफोलियोमा थप सुधार गर्दै नयाँ बाइक ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...