बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण
मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...
सुजुकीले भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्बजनिक गरेको बिद्युतिय कार ई–भिटारा विश्वका १०० भन्दा बढी देशमा निर्यात गर्ने योजना बनाएको छ । भारतमा मात्रै उत्पादन गरिने यस ईभीको ५० प्रतिशत हिस्सा जापान र यूरोपमा निर्यात गरिने कम्पनी भनाई छ ।
अबको केही महिनापछि मास प्रोडक्सन थाल्ने र विश्वभर बिक्री सुरु गर्ने सुजुकीको तयारी छ । गुजरातस्थित प्लान्टबाट ई–भिटारासंगै टोयोटा अर्बान क्रुजर ईभी समेत उत्पादन गर्न लागिएको हो ।
ई–भिटाराको बिक्री थाल्नुअघि सुजुकीले भारतमा आवश्यक ईभी इकोसिस्टमा तयार पारिरहेको छ । चार्जिङ नेटवर्क विस्तारको लागि कम्पनीले ‘ई फर मी’ अभियान नै चलाएको छ । यस अभियान अन्तर्गत सुजुकीले पहिलो चरणमा भारतका १०० शहरमा फास्ट चार्जिङ नेटवर्क स्थापना गर्ने लक्ष्य लिएको छ ।
भारतभर चार्जिङ नेटवर्क विस्तार गर्न लागेको र पहिलो चरणमा १०० शहरको हरेक ५ देखी १० किलोमिटर दुरीमा एउटा चार्जिङ स्टेशन निर्माण गरिने मारुती सुजुकीका सिईओ हिसाशि टाकुचीले बताए । साथै, देशका एक हजार शहरमा १ हजार ५ सयभन्दा बढी ईभी डेडिकेटेड वर्कशप निर्माण गरिने र प्रत्येक ग्राहकको घरमा निशुल्क चार्जर जडान गरिदिने उनको भनाई छ ।
यस्तो छ ई–भिटारा
४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने ई–भिटाराले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ ।
यी दुई मोडलको मूल्य क्रमशः २० लाख र २५ लाख भारु तोकिएको छ । यसको अलग्रिप अल ह्विल ड्राइभ भर्सनको मूल्य ३० लाख भारु हुने सम्भावना छ ।

यसको फ्रन्टमा पातलो एलईडी हेडलाइट र वाई आकारको एलईडी डीआरएल र स्टाइलिस बम्परका साथ इन्टिग्रेटेड फगलाइट छ । बडी क्लेडिङ र १९ इन्च ब्ल्याक ह्विलका साथ सो मिडसाइज एसयूभी साइडबाट हेर्दा निकै नै मस्कुलर देखिन्छ । इलेक्ट्रिक सनरुफ र कनेक्टेड एलईडी टेललाइट लगायतका फिचर छन् ।
१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको सो ईभीको इन्टेरियरमा टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल र भर्टिकल ओरिएन्टेड एसी भेन्ट्सको चारैतिर क्रोमटच दिइएको छ । क्याबिनमा इन्टिग्रेटेड फ्लोटिङ स्क्रिन सेटअप छ, जसमा इन्फोटेनमेन्ट र ड्राइभर डिस्प्ले छ ।
सो गाडीको फिचरको वारेमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसमा अटोमेटिक एसी, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस फोन चार्जर लगायतका फिचर हुनेछन् । सुरक्षाका लागि यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र लेभल २ एडास जस्ता सेफ्टी फिचर छन् ।
मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...
काठमाडौं – नेपाली बजारमा केही दिनमै सुजुकी ग्रान्ड भिटारा उपलब्ध हुने...
मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी ब्रेजा लन्च गरेको १०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...