नयाँ माइक्रो एसयूभी ल्याउने तयारीमा मारुती सुजुकी, टाटा पन्चसँग प्रतिस्पर्धा हुने
मारुती सुजुकीले नयाँ माइक्रो एसयूभी विकास गरिरहेको छ। कम्पनीले परम्परागत...
सुजुकी मोटरसाइकल इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्ना ३ नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
एक्स्पोमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस सार्वजनिक गरेको छ। साथै कम्पनीले जिक्सर एसएफ २५० पनि सार्वजनिक गरेको छ। यद्यपि सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसको अपडेटेड संस्करण लन्च गरेको छ ।
सुजुकी ई-एक्सेसमा ३.०७ किलोवाट क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले ९५ किलोमिटरको रेन्ज दिन्छ। सो स्कुटरको टप स्पिड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
ई-एक्सेसमा लिथियम आइरन फस्फेट ब्याट्री समावेश छ, जसलाई ४ घण्टा ४२ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । फास्ट चार्जरबाट सो ब्याट्री मात्र २ घण्टा २० मिनेटमा फुल चार्ज गर्न सकिन्छ।
एक्सेसको अपडेटेड संस्करण सुजुकी एक्सेस १२५ एक्सपो २०२५ मा लन्च गरिएको छ । सो स्कुटरको प्रारम्भिक एक्स शोरुम मूल्य ८१ हजार ७०० भारु रहेको छ । नयाँ एक्सेस १२५ मा अघिल्लो मोडलको तुलनामा धेरै परिवर्तनहरू गरिएको छ। यसमा १२५ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...