इलेक्ट्रिक स्कुटर कसरी चयन गर्ने ? यी बुँदामा ध्यान दिनुहोस

नेपालमा इलेक्ट्रिक स्कुटरप्रतिको चासो दिनानुदिन बढ्दै गएको छ । तर, बजारमा उपलब्ध विभिन्न मोडल र ब्राण्डहरूबाट उपयुक्त स्कुटर छान्नु चुनौतीपूर्ण हुन सक्छ । सही निर्णय गर्नका लागि केही महत्वपूर्ण पक्षहरूमा ध्यान दिनु आवश्यक छ ।

बिल्ड क्वालिटी
स्कुटरको निर्माण गुणस्तर सबैभन्दा पहिलो हेर्नुपर्ने पक्ष हो । राम्रो बिल्ड क्वालिटी भएको स्कुटर बलियो, टिकाउ र सुरक्षित हुन्छ । स्कुटरको फ्रेम, प्यानल, र पेन्टको गुणस्तरले लामो समयसम्म टिकाउने सुनिश्चित गर्छ । कम्पनीले बनाएको आकर्षक भिडियो र फोटोमा मात्र विश्वास नगरी प्रत्यक्ष रुपमा स्कुटर हेरेर छनौट गर्दा राम्रो हुन्छ ।

ब्राण्ड इमेज
स्कुटरको ब्राण्डको प्रतिष्ठा पनि महत्वपूर्ण हुन्छ । विश्वसनीय र परिचित ब्राण्डको स्कुटर किन्ने प्रयास गर्नुपर्छ । राम्रो ब्राण्डहरूले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिन्छन् र ग्राहकलाई भरपर्दाे सेवा प्रदान गर्छन् । अहिले चिनमा बनेका कतिपय ब्राण्डहरु विश्वविख्यात र गुणस्तरीय छन् । भारतमा बनेको वा चिनमा बनेको भन्नु भन्दा पनि अब ब्राण्ड कस्तो हो भन्ने कुरा महत्वपुर्ण देखिएको छ ।

नेपालमा इतिहास
आँफुले खरिद गर्न लागेको स्कुटर नेपाली बजारमा कति लामो समयदेखी उपलब्ध रहँदै आएको छ भनेर बुझ्नु पनि आवश्यक छ । कति समयदेखि यो ब्राण्ड नेपालमा छ, यसको व्यवसाय र सर्भिस कस्तो छ भन्ने कुरा विचार गर्नु आवश्यक हुन्छ ।

सर्भिस नेटवर्क
स्कुटर किन्दा त्यस ब्राण्डको सर्भिस नेटवर्कको अवस्थाको जानकारी लिनु आवश्यक हुन्छ । सर्भिस नेटवर्क जति धेरै भयो, ग्राहकहरुको लागि त्यति सहज हुन्छ । सर्भिस नेटवर्क धेरै छ भने तपाईको घर वा अफिस नजिकै हुँदा तपाइलाई आउने कुनै पनि समस्या छिटो र सजिलो रूपमा समाधान गर्न सकिन्छ ।

फिचर
कुनै पनि स्कुटर किन्दा त्यसमा भएका नयाँ र आधुनिक फिचरका बारेमा पनि ध्यान दिनुपर्छ । एन्टिथेप्ट तथा रिमोट कन्ट्रोल सिस्टम, रिजेन ब्रेकिङ्ग सिस्टम, डिजिटल डिस्प्ले, मोडहरु, विभिन्न सेन्सरहरु आदिको बारेमा पनि विष्तृत जानकारी लिएर स्कुटर छनौट गर्नुपर्दछ ।

स्पेयर पार्टस्को मुल्य
स्पेयर पाट्र्सको मुल्य पनि ध्यान दिनु पर्छ । केही ब्राण्डका स्पेयर पाट्र्स निकै महँगो हुन्छन्, जसले दीर्घकालीन रूपमा खर्च बढाउन सक्छ । सस्तो र सजिलै उपलब्ध हुने पाट्र्स भएको स्कुटर छनोट गर्नु उपयुक्त हुन्छ ।

ब्याट्री क्षमता
इलेक्ट्रिक स्कुटरको मुख्य कम्पोनेन्ट भनेको त्यसमा भएको ब्याट्री नै हो । बढि क्षमताको ब्याट्री भएमा स्कुटरको रेन्ज बढी हुन्छ । त्यसमा तपाईको आवश्यकता अनुसारको ब्याट्री प्याक छान्न सक्नुहुनेछ । प्राविधिक कुरा जानेको मान्छेले रेन्ज नसोधेर त्यसमा भएको ब्याट्रिको क्षमता सोध्ने गरिन्छ ।

मोटर क्षमता
इलेक्ट्रिक स्कुटरको तान्ने क्षमता भनेको मोटरमा निर्भर रहन्छ । नेपालको तराई वा पहाडमा चलाउनका लागि छुट्टाछुट्टै खालको मोटरको आवश्यकता पर्न जान्छ । तराइमा कम क्षमताको मोटरले तान्ने भए पनि पहाड वा उपत्यकामा बढी क्षमताको मोटर भएको स्कुटर छान्नु उपयुक्त हुन्छ । स्कुटर छनौट गर्नुपुर्व एकपटक नजिकको भए पनि कुनै उकालो बाटोमा डबल सवारी टेस्ट राइड गर्नु बुद्धिमानी हुन्छ ।

डिजाइन
स्कुटरको डिजाइनले सौन्दर्य बढाउनुको साथै प्रयोगमा सजिलो र आरामदायी पनि बनाउँछ । एरोडाइनामिक डिजाइन, आरामदायी सिट र पर्याप्त लेगरूम भएको स्कुटर रोज्नु उपयुक्त हुन्छ । सिट मुनीको बुट स्पेस, टायरको साईज, ग्राउण्ड क्लियरेन्स आदि कुराहरुमा पनि ध्यान दिनुपर्छ ।

मूल्य
अन्तमा, स्कुटरको मूल्य तपाईंको बजेटसँग मेल खानुपर्छ । मूल्य मात्र हेरेर निर्णय गर्नुभन्दा गुणस्तर र सेवा सुविधालाई प्राथमिकता दिनुपर्छ । नेपाली बजारमा अनेक मुल्य र सेगमेन्टका इलेक्ट्रिक स्कुटर बिक्री हुँदै आएका छन् ।

उस्तै कन्फिगरेशन भएका स्कुटर पनि फरक फरक मुल्यका हुन सक्छन् । कसैले कम मार्जिन खाएर बेचेका हुन्छन् भने कसैले धेरै मार्जिन खाएर बेच्न सक्छन् । महँगो भन्दैमा राम्रो वा सस्तो भन्दैमा नराम्रो भन्ने नहुन पनि सक्छ । माथि लेखिएका बुँदाहरुमा ध्यान दिएर स्कुटर छनौट गर्दा उपयुक्त स्कुटर हात पर्न सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...