दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा
विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी...
काठमाडौँ – प्रमुख कार्यकारी अधिकृत पदको नियुक्तिका लागि साझा यातायातले दरखास्त आह्वान गरेको छ । साझा यातायातमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको हो ।
प्रमुख कार्यकारी अधिकृत पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्नेछ ।
कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा दशौं तह वा सो सरहको पदमा सात वर्ष काम गरी कार्य अनुभव हासिल गरेको तथा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने बताइएको छ । दरखास्त दिने अन्तिम मितिसम्म त्रिसट्ठी वर्ष उमेर ननाघेको पनि हुनुपर्नेछ ।
आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा रीतपूर्वक दरखास्त आह्वान गरिएको छ । निर्धारित मितिभित्र प्राप्त हुन नआएको तथा रीत नपुगेको दरखास्त स्वीकृत नहुने सूचनामा उल्लेख छ ।
विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी...
गाडीमा सेफ्टीका लागि सस्पेन्सन सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ।...
चर्को गर्मीले कारको इन्जिनलाई क्षति पुर्याउन सक्छ। त्यसैले कारमा हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...