टाटा टियागो फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ नयाँ भर्सन

टाटा मोटर्सले टियागो फेसलिफ्टको पहिलो टिजर सार्वजनिक गरेको छ । कारमा सामन्य कस्मेटिक अपडेट र नयाँ सुविधाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ । २०२५ टियागो आगामी भारत मोबिलिटी एक्सपोमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

टिजरमा यसअघिकै डुअल–टोन अलोय ह्विल देख्न सकिन्छ भने पछाडी नयाँ शार्क फिन एन्टेना राखिएको छ । नयाँ टियागोले संशोधित फ्रन्ट फेसिया प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

साथै, भित्री भागमा केही परिवर्तनहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ । कारमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीको साथमा अपडेटेड कनेक्टेड फिचर र अप्सनमा सनरुफ समेत उपलब्ध हुनसक्ने जनाइएको छ ।

नयाँ टियागो उही पुरानै १.२–लिटर, ३–सिलिन्डर नेचुरल्लि एस्पिरेटेड पेट्रोल इन्जिनको साथ आउनेछ । यसले ८५ बीएचपी र ११३ एनएम टर्क जनेरेट गर्दछ । कारमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटीको विकल्प समेत पाइनेछ ।

टाटा मोटर्सले टियागो ईभीको पनि २०२५ भर्सन ल्याउने तयारी गरिरहेको छ । टियागो ईभीमा समेत यस्तै अपडेटहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ । दुबै संस्करणहरू नयाँ रंग विकल्पहरूमा आउनेछन् ।

सम्बन्धित समाचारहरू

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना

अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना

अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...