परिक्षणका क्रममा देखियो क्रेटा ईभी, छिटै बजारमा आउने अनुमान
काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन...
हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी इलेक्ट्रिक क्रेटा लन्च गर्ने तयारी गरिरहेको छ । इलेक्ट्रिक क्रेटामा अत्याधुनिक टेक्नोलोजी र सेफ्टी फिचर भएको कम्पनीले दाबी गरेको छ ।
हुन्डाईले क्रेटा ईभीमा उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । कम्पनीबाट प्राप्त जानकारीका अनुसार यसमा इन कार पेमेन्ट पनि दिइनेछ, जसले गर्दा चार्जिङको समयमा इन्फोटेनमेन्ट स्क्रिनबाट नै पेमेन्ट गर्न सकिनेछ । साथै यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको छ ।
हुन्डाई क्रेटा ईभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर पनि उपलब्ध गराएको छ । यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर प्रदान गरेको छ ।
इलेक्ट्रिक क्रेटामा सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ। यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल-२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको छ ।
हुन्डाई क्रेटा इलेक्ट्रिक एसयूभी १७ जनवरी २०२५ मा हुने अटो एक्पोमा लन्च गरिने भएको छ । यसको मूल्य सम्भवत: २० लाख देखि २५ लाख भारु हुने अपेक्षा गरिएको छ । सो एसयूभीले मारुती ग्रान्ड भिटारा इलेक्ट्रिक, एमजी जेडएस ईभी, टाटा कर्भ ईभी जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले हाल इलेक्ट्रिक एसयूभी कोना...
कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर्सले माइक्रो एसयूभी क्यास्परको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...