स्विफ्टले उछिन्यो पन्चलाई, यस्तो छ भारतमा कार बिक्रीको नयाँ तथ्यांक
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
इटहरी – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको कम्पनीले बताएको छ।
कार्यक्रममा कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।
सिप्रदीका पूर्वी क्षेत्रीय प्रबन्धक सुवास कुमार दासको सभापतित्वमा भएको सो कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेइकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउने बताए । उनले भने, ‘यसको उच्च माइलेज, कम मर्मत खर्च र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।’
टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पको रूपमा लिइएको छ।
सिप्रदी ट्रेडिङले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको बताएको छ। यस लन्चसँगै कम्पनीले पूर्वी नेपालका व्यवसायीहरुलाई सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक बीएस६ मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको बताएको छ।
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
टाटा मोटर्सले आफ्नो लोकप्रिय मिनी ट्रक टाटा एसको इलेक्ट्रिक भेरिएन्ट...
टाटा मोटर्सले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने घोषणा गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...