हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

मारुती सुजुकीले चाँडै नै आफ्नो लोकप्रिय एसयूभी फ्रङ्क्समा हाइब्रिड टेक्नोलोजी प्रयोग गर्ने भएको छ । सो प्रविधि थपिएपछि फ्रङ्क्सको माइलेज प्रतिलिटर ३० किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ । सो प्रविधिले कम्पनी र कार उद्योगको नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ ।

मारुती सुजुकी फ्रङ्क्स अप्रिल २०२३ मा लन्च गरिएको थियो। सो एसयूभीले लन्च हुनेबित्तिकै भारतीय बजारमा हलचल मच्चाएको थियो । यो केवल १० महिनामा १ लाख भन्दा बढी युनिट बिक्रीको साथ मारुती सुजुकीको सबैभन्दा छिटो बिक्री हुने मोडेल बनेको थियो ।

रिपोर्टका अनुसार फ्रङ्क्सको नयाँ फेसलिफ्ट मोडल २०२६ मा लन्च हुने अनुमान गरिएको छ । सो मोडल मारुतीको पहिलो स्ट्रङ हाइब्रिड टेक्नोलोजी प्रयोग गरिएको एसयूभी हुनेछ । यसमा नयाँ जेड१२ई इन्जिन थपिनेछ ।

अपडेटेड फ्रङ्क्समा हाइब्रिड टेक्नोलोजी मात्र नभई यसको डिजाइनमा पनि केही परिवर्तन गर्नेछ र इन्टेरियर भागमा पनि नयाँ फिचर थपिने अपेक्षा गरिएको छ । सो मोडल भारतमा हाइब्रिड प्रविधि भएको पहिलो सब-४ मिटर एसयूभी हुनेछ ।

मारुतीले आगामी केही वर्षमा हाइब्रिड प्रविधिमा बलेनो र कम्प्याक्ट एमपीभी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले सन् २०२७ सम्ममा आफ्नो नयाँ स्विफ्ट हाइब्रिड बजारमा ल्याउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

अपडेट भर्सनसहित मारुती सुजुकी एक्सएल६ भारतमा लन्च

अपडेट भर्सनसहित मारुती सुजुकी एक्सएल६ भारतमा लन्च

मारुतीको बहुप्रतीक्षित कार मारुती सुजुकी एक्सएल६ अपडेट भर्सन भारतीय...

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

२०२१ मा भीजी अटोमोबाइल्सले बेच्यो ४,४५६ सवारी साधन

काठमाडौं – भीजी अटोमोबाइल्सले सन् २०२१ मा ४ हजार ४५६ युनिट सवारी साधन...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...