आयो २०२१ होन्डा सुप्रा जीटीआर १५० स्कुटर, यस्ता छन् विशेषता
होन्डा मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर सुप्रा जीटीआर १५० स्कुटरको...
होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले भारतको मुम्बई, बेंगलुरु, हैदरावाद, पुणे र दिल्लीमा बुकिङ लिन थालेको हो । होन्डाका अनुसार ग्राहकले १ हजार भारु टोकन रकम तिरेर ई–स्कुटर बुक गर्न सक्नेछन् ।
ती दुबै स्कुटरलाई होन्डाले गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेको थियो । यी भारतीय बजारका लागि होन्डाको पहिलो विद्युतीय स्कुटर हुन् ।
एक्टिभा ईः मा १.५ किलोवाट आवरको स्वापेबल ब्याट्री प्याक तथा ६ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसको पिक टर्क २२ एनएम छ भने एकपटकको फुल चार्जमा १०२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
यसैगरी, अर्को मोडल क्यूसी१ मा १.५ किलोवाट आवरको फिक्स्ड ब्याट्री प्याक राखिएको छ । यसले १.८ किलोवाट पावर र ७७ एनएम को पीक आउटपुटका साथ इन–व्हील इलेक्ट्रिक मोटरलाई शक्ति दिन्छ । साथै यसमा स्ट्यान्डर्ड र इकोन गरी दुईवटा राइडिङ मोड छ भने यसलाई ५० किलोमिटर प्रति घण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
यी दुबै स्कुटरको मूल्य यसै महिनाको अन्त्यमा घोषणा गर्ने र डेलिभरी फेब्रुअरीमा सुरु गर्ने होन्डाको तयारी छ ।
होन्डा मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर सुप्रा जीटीआर १५० स्कुटरको...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ ।...
२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...