नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी

काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली बजारमा समेत छिट्टै नै उपलब्ध हुने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो ईभी नेपाल ल्याउने तयारी गरिरहेको छ ।

भारतमा यही महिनामा सम्पन्न हुने भारत मोबिलिटी ग्लोबल एक्सपो पश्चात सो एसयूभी नेपाली बजारमा ल्याउनका लागि आवश्यक कार्य प्रारम्भ हुनेछ । यस अनुसार नेपाली नयाँ वर्ष वा त्यो भन्दा पहिले नै सो ईभी नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

साउन महिनाको अन्त्यमा भारतमा लन्च भएको कर्भ ईभीको सुरुवाती मूल्य १७ लाख ४९ हजार भारु रहेको थियो । यद्यपि नेपाली बजारमा यसको मूल्य कति हुने भन्ने वारेमा कम्पनीले केही जानकारी सार्वजनिक गरेको छैन ।

टाटा मोटर्सले पहिलो पटक २०२३ को अटो एक्सपोमा यसको कन्सेप्ट सार्बजनिक गरेको थियो । सोही कन्सेप्टमा आधारित रहेर डिजाइन गरिएको कर्भ ईभी अन्तत लन्च भएको हो । यसमा स्प्लिट हेडल्याम्प सेटअप र एलईडी लाइट बार, स्टाइलिश कूपे जस्तो रूफलाइन र निरन्तर एलईडी टेललाइटको साथ एक अपराइट रियर फेसिया रहेको छ ।

आकर्षक डिजाइन र अत्याधुनिक फिचर समावेश भएको यो गाडी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । ४५ किलोवाट आवरको ब्याट्री भएको भेरिएन्टले ४३० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडीको टर्क भने २१५ एनएम छ ।

यस्तै, ५५ किलोवाट आवर ब्याट्री भएको कर्भ ईभीले एक पटकको फुल चार्जमा ५०२ किलोमिटरको रेन्ज दिन्छ । १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने यो गाडीमा ६ वटा एयरब्यागका साथै इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम पनि रहेको छ ।

ग्राउण्ड क्लियरेन्स १८६ एमएम भएको यो गाडीको बुट स्पेस ५०० लिटर रहेको छ भने गाडीमा मोटर पावर १२३ किलोवाट दिइएको छ । हाई भेरिएन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ भने ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट टचस्क्रिन छ ।

एसयूभीमा ६–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, पानोरामिक सनरुफ, ९ स्पिकर जेबीएल साउन्ड सिस्टम र जेस्चर कन्ट्रोल इलेक्ट्रिक टेलगेट जस्ता सुविधा पाउन सकिन्छ ।

२० भन्दा बढी सेफ्टि फिचर पाउन सकिने कर्भ ईभीमा लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ६ एयरब्याग, ईएसपी र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत सुविधा दिइएको छ ।

सम्बन्धित समाचारहरू

स्वदेशमै एसेम्वल उद्योग लगाउँदा उपभोक्ता, राज्य र उद्योगीलाई फाइदा के ?

स्वदेशमै एसेम्वल उद्योग लगाउँदा उपभोक्ता, राज्य र उद्योगीलाई फाइदा के ?

स्वदेशमै सवारीसाधनको एसेम्वल उद्योग लगाउने विषय नेपालका लागी सधै चर्चाको...

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र...

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

काठमाडौं – विर्तामोडमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...