इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने
काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...
सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको रुपमा ट्रायम्फ भित्रियो । नेपालका लागि ट्रायम्फको आधिकारिक बिक्रेताको रुपमा हंसराज हुलासचन्द एन्ड कम्पनीले गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक ट्रायम्फका केही मोडल प्रदर्शन गरेको थियो ।
त्यसपछि कात्तिक पहिलो साता ट्रायम्फ नेपालले एकै पटक २०० युनिट मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेर एक रेकर्ड ब्रेक गरेको थियो । नेपाली बजारमा पछिल्लो समयमा मन्दीको अवस्था रहेको र सवारी साधन बिक्रीमा समेत कमी आइरहेको चर्चा चलिरहदा एकै पटक २०० युनिट डेलिभरी गर्नु आफैमा एक महत्वपूर्ण उपलब्धि थियो ।
अझ त्यसपछिको समयमा पनि थप ३०० युनिट बाइक डेलिभरी भइसकेको ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको दावी छ । यस अनुसार छोटो समयमै नेपाली बजारमा ५०० युनिट भन्दा बढी ट्रायम्फ बाइक बिक्री भएका छन् ।
नेपाली बजारमा ट्रायम्फका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स नेपाली बजारमा भित्रिएका थिए । ट्रायम्फ स्पिड ४०० को मूल्य ६ लाख ३९ हजार ९ सय र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
ट्रायम्फका बाइक नेपाली बजारमा पहिलो पटक भित्रिए पनि अनौपचारिक रुपमा केही युनिट बाइक पहिले देखि नै ग्राहकहरुले आफै ल्याएर प्रयोग गरेको पाइन्छ । यद्यपि बिचको समयमा भने ट्रायम्फका हेभी बाइक मात्र उत्पादन हुने गरेका थिए । पछिल्लो समयमा ४०० सीसी सिरिजका बाइक उत्पादन हुन थाले पछि मात्र नेपालमा पनि यसको खोजी हुन थालेको पाइन्छ ।

ट्रायम्फका बाइक भारतमा समेत निकै नै रुचाइएको पाइन्छ । पछिल्लो समयमा यो ब्रान्डका बाइक गत वर्ष भन्दा करिव १७ प्रतिशत सम्म बढी संख्यामा बिक्री भएका छन् ।
नेपाली बजारमा यो वर्ष ट्रायम्फले एक रेकर्ड नै कायम गरेको छ । एउटा मात्र नभई विभिन्न फरक विशेषताका कारण यो धेरै राइडरको रोजाइमा परेको मान्न सकिन्छ ।
मिड सेगमेन्टको रोजाइ
कम्युटर सेगमेन्ट खोज्नेहरु भन्दा अलि माथिल्लो लेभलका राइडरको रोजाइमा नेपाली बजारमा भएका विकल्पमा यो वर्ष ट्रायम्फ थपिन आयो । विदेशिन चाहने युवाहरुको संख्या बढे पनि केही समय नेपालमै बस्ने युवाहरुले समेत आफ्नो रोजाइको ब्रान्ड ट्रायम्फ बनाए । करिव ४०० सीसीको मोटरसाइकल चढ्न चाहनेहरुका लागि उपयुक्त मूल्य सहितको रोजाइको बाइक यो बन्यो ।
यो वाहेक ४० वर्ष भन्दा बढी उमेरका व्यक्तिहरुका लागि समेत यो मोडल उपयुक्त बनेर आएको छ । जेम्स बन्डको मुभी देखि अन्य विभिन्न सोसल मिडियामा ट्रायम्फ बाइकको क्रेज देखेकाहरुका लागि अब सपनाको बाइक विपनामा परिणत गर्ने उपयुक्त अवसर बन्यो ।
सबै रोडका लागि उपयुक्त
सहर वा अफरोड, सबै सडकका लागि ट्रायम्फका बाइक उपयोगी छन् । एड्भेन्चर रुचाउने राइडरहरुका लागि यो बरदान नै बनेको छ । नेपाली बजारमा उपलब्ध एड्भेन्चर सेगमेन्टका बाइक भन्दा फरक कम्प्याक्ट र पावरफुल लगायतका विभिन्न विशेषताको रुपमा यसमा विभिन्न फिचर रहेका छन्, जसले गर्दा यसलाई सेगमेन्टकै रोजाइको बाइक बनाएको मान्न सकिन्छ ।
करमा सहुलियत
नेपाली बजारमा उपलब्ध ट्रायम्फका दुई मोडल ट्रायम्फ स्पिड ४०० र ट्रायम्फ स्क्र्याब्लर ४०० एक्समा ३९८.१ सीसीको इन्जिन छ । नेपालको कर संरचना अनुसार बागमती प्रदेशमा २५१ सीसी देखि ४०० सीसी सम्मका लागि १२ हजार कर तिर्नुपर्छ । त्यसैगरी ४०१ देखि ६५० सीसी सम्मका लागि २५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ । यसले गर्दा नेपाली बजारमा उपलब्ध ४०० सीसी भन्दा बढीको मोटरसाइकलको तुलनामा ट्रायम्फका मोटरसाइकलमा १३ हजार रुपैयाँ कम कर लाग्छ । विभिन्न प्रदेशमा यो दर अझै बढी पनि छ । यो पनि ग्राहकका लागि एक विशेष आकर्षण हो ।

वर्षमा दुई सर्भिसिङ मात्र आवश्यक, बढीमा ४,५०० शुल्क
बीएस६ इन्जिन र सेमी सिन्थेटिक इन्जिन आयलको प्रयोगका साथै बाइकमा भएका विभिन्न सेन्सर, ईसीयू, ट्र्याक्सन कन्ट्रोल, स्विचेबल एबीएस लगायतका प्राविधिक फिचरका कारण ट्रायम्फका बाइक वर्षमा दुई पटक मात्र सर्भिसिङ गरे पुग्छ । विश्वका जुनसुकै देशमा उपलब्ध हुने ट्रायम्फ मोडल नेपाली बजारमा समेत उपलब्ध छन् । यसले गर्दा यो बाइकलाई वर्षमा दुई पटक मात्र सर्भिसिङ गर्नु आवश्यक हुन्छ । सर्भिसिङ लागत पनि निकै नै कम छ । करिव ४ हजार ५ सय रुपैयाँमै सर्भिसिङको सबै कार्य सम्पन्न हुन्छ । यसले गर्दा रकम मात्र बचत नभई समयको पनि बचत हुन्छ ।
दमदार फाइनान्सको सुविधा, ५० प्रतिशत मात्र पैसा तिर्दा हुने
ट्रायम्फका मोटरसाइकल किन्नका लागि हंसराज हुलासचन्द एन्ड कम्पनीको इन–हाउस फाइनान्स सुविधा समेत छ । हुलास फिनसर्भमार्फत प्राप्त गर्न सकिने फाइनान्स सुविधा अन्तर्गत शुरुमा ५० प्रतिशत मात्र रकम बुझाएर बाँकी रकम ९.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष सम्म मासिक किस्ताबन्दीमा बुझाउन सकिन्छ ।
काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...
भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादक होन्डाले जुलाई महिनामा मोटरसाइकल र...
हार्ले डेभिडसनले भारतीय बजारमा अपडेट गरिएको हार्ले डेभिडसन एक्स४४० लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...