७.९९ प्रतिशत ब्याज दरमै यामाहा मोटरसाइकल र स्कुटर किन्न पाइने, सरल किस्तावन्दिको सुबिधा पनि

काठमाडौं – यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम ईट, वन ईट’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई केवल ७.९९ प्रतिशतको न्यून ब्याजदरमा यामाहा मोटरसाइकल र स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजना २०७९ पुष १० (२०२४ डिसेम्बर२५) देखि लागु हुँदै आएको हो।

योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ । न्युनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनामा यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने कम्पनीको भनाई छ । साथै, यस योजनाले सरल कागजी प्रक्रिया रुचि अनुसारको किस्तावन्दि योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ ।

यस योजनासँगै, यामाहा नेपालले ‘टेष्ट राइड एण्ड विन’ अभियान पनि ल्याएको छ । यस अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा बाइक टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् । लक्की ड्रमार्फत आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

‘ड्रिम ईट, वन ईट’ वित्तीय योजनामार्फत हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १०वर्ष वारेन्टी सहितको प्रतिबद्धताले १५ वर्ष देखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्ने छ’ एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ दीपककुमार अग्रवालले भने ।

सम्बन्धित समाचारहरू

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

वर्दिवासमा भएको माइलेज च्यालेन्जमा यामाहा रे जेडआरले दियो ७३.०३ किलोमिटर सम्मको माइलेज

यामाहा नेपालको वार्दिवासस्थित शोरुमले हालसालै आयोजना गरेको माइलेज...

यामाहा एफजेड–एक्स १५०, आर१५एम र एरोक्स : सन् २०२२ को पहिलो त्रैमासिकमा नेपाल आउने

यामाहा एफजेड–एक्स १५०, आर१५एम र एरोक्स : सन् २०२२ को पहिलो त्रैमासिकमा नेपाल आउने

काठमाडौं – यामाहाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेका दुई मोटरसाइकल...

रक्तदान र बृक्षारोपण कार्यक्रम गरी नेपालमा मनाईयो ‘यामाहा डे’

रक्तदान र बृक्षारोपण कार्यक्रम गरी नेपालमा मनाईयो ‘यामाहा डे’

काठमाडौं–यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...