हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो मोटोकर्पले गत महिना इटालीमा भएको ईआईसीएमए २०२४ मा एक्सपल्स ४२१ को टिजर जारी गरेको थियो। अब कम्पनीले भारतमा यसको लागि डिजाइन ट्रेडमार्क दायर गरेको छ। सो बाइक २०२५ अन्तमा उत्पादन सुरु हुनेछ ।

कम्पनीले हिरो एक्सपल्स ४२१ को डिजाइन एक्सपल्स २१० भन्दा फरक बनाएको छ । हिरो एक्सपल्स ४२१ मा ठुलो विन्डस्क्रिनको साथ फ्ल्याट एलईडी हेडल्याम्प दिइएको छ । डिजाइन ट्रेडमार्कमा सो बाइकको ह्यान्डलबार गार्ड, टप-बक्स र्‍याक र अन्डरबेली प्यान समावेश गरिएको छ । यद्यपि यसमा एक्जस्ट पाइप देखिएको छैन ।

यसमा ब्लुटुथ कनेक्टिभिटीको साथमा कलर टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल हुने र टर्न-बाई-टर्न नेभिगेसन, मल्टिपल राइडिङ मोड र ड्युअल च्यानल स्विच गर्न मिल्ने एबीएस पनि हुने जानकारी दिइएको छ । यसलाई यूएसडी फ्रन्ट सस्पेन्सनको साथ प्रस्ताव गरिनेछ जबकि पछाडि मोनो-शक युनिट समावेश हुनेछ।

ब्रेकिङ लागि बाइकमा फ्रन्ट पेटल डिस्क र रियरमा मानक डिस्क ब्रेक हुनेछ । रिपोर्टका अनुसार सो बाइक ब्लक प्याटर्न टायर जडान भएको स्पोक ह्विलमा चल्नेछ । यद्यपि यसको ह्विल साइज अझै थाहा पाउन सकेको छैन । नयाँ एक्सपल्स ४२१ मा २१ इन्चको फ्रन्ट र १८ इन्चको रियर ह्विल हुने अनुमान गरिएको छ ।

हिरो एक्सपल्स ४२१ मा नयाँ ४२१ सीसी सिंगल-सिलिन्डर लिक्विड-कुल्ड पेट्रोल इन्जिन प्रदान गर्नेछ जसले ४५ बीएचपीको पावर र ४५ एनएमको टर्क उत्पन्न गर्नेछ । यसको इन्जिनलाई ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ । सो बाइकको रोयल इन्फिल्ड हिमालयन ४५०, केटीएम ३९० एड्भेन्चर, टीभीएस अपाचे आरटीएक्स र बीएमडब्ल्यु एफ ४५० सँग प्रतिस्पर्धा हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...