ट्रायम्फ नेपालले सम्पन्न गर्यो ‘लिगेसी राइड : घान्द्रुक एडिसन’
ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्यालीको चौथो संस्करण ‘ट्रायम्फ...
ट्रायम्फ मोटरसाइकल इन्डियाले आफ्नो आधुनिक क्लासिक बाइक ट्रायम्फ स्पिड ट्विन ९०० को अपडेटेड मोडल भारतीय बजारमा लन्च गरेको छ । नयाँ क्लासिक बाइकको लुक परिवर्तन गरिएको छ र हार्डवेयरमा पनि केही परिवर्तन गरिएको छ तर इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन ।
सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी नेभिगेसनका साथै कल र म्युजिक कन्ट्रोल जस्ता सुविधा दिइएको छ । यसको मूल्य ८ लाख ८९ हजार भारु एक्स शोरुम राखिएको छ । यो अघिल्लो मोडलको तुलनामा ४० हजार भारु महँगो छ ।
ट्रायम्फले २०२५ स्पिड ट्विन ९०० मा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा ९०० सीसीको सिंगल सिलेन्डर लिक्विड कुल्ड भल्भ डीओएचसी इन्जिन जडान गरिएको छ, जसले ७५०० आरपीएममा ६४ बीएचपीको पावर र ३८०० आरपीएममा ८० एनएमको टर्क उत्पन्न गर्छ। यसको इन्जिन ६ स्पिड युनिट गियरबक्ससँग जोडिएको छ । सो मोटरसाइकल सडक र रेन गरी दुई मोडमा उपलब्ध छ ।
बाइकको सिट हाइट ७८० एमएम, लम्बाइ २०९० एमएम, उचाइ १११५ एमएम र ह्विलबेस १४३५ एमएम रहेको छ । बाइकको कुल वजन २१६ केजी छ भने यसमा १२ लिटरको फ्युल ट्याङ दिइएको छ ।
अपडेट नयाँ २०२५ ट्रायम्फ स्पिड ट्विन ९०० बाइकमा अपसाइड डाउन फोर्क, मडगार्ड र अगाडि फोर्क प्रोटेक्टर, नयाँ आल्मुनियम स्विङआर्म र पिग्गी-ब्याक सस्पेन्सन युनिटका साथै स्लिम मडगार्ड र कम्प्याक्ट टेल लाइट सहितको पातलो रियर फ्रेम समावेश छ । फिचरको रुपमा ट्रायम्फले एनालग डिस्प्ले हटाएर नयाँ टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ, जसले रेभ, स्पिड र गियरको बारेमा जानकारी देखाउँछ।
ट्रायम्फ नेपालले लिगेसी राइड मोटरसाइकल र्यालीको चौथो संस्करण ‘ट्रायम्फ...
ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४...
किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...