सिप्रदी एस्योर्डको ‘ईयर इन्ड सेल’ स्किम, गाडी खरिद र सट्टापट्टमा फाइदै फाइदा

काठमाडौं–टाटा प्यासेन्जर कारको आधिकारिक रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले ‘ईयर इन्ड सेल’ स्किम ल्याएको छ । वर्ष २०२४ सकिनै लाग्दा कम्पनीले आफुँसंग स्टकमा भएका कारको बिक्री बढाउन नयाँ स्किम ल्याएको हो । स्किम डिसेम्वर ३१ सम्म लागु हुने जनाइएको छ ।

स्किम अवधीमा ग्राहकले आफुँसंग भएको जुनसुकै पुरानो गाडीसंग टाटाको ब्रान्ड न्यू कार तथा कम्पनीसंग उपलब्ध पुरानै कार समेत एक्सचेन्ज गर्न सक्नेछन् । सिप्रदी एस्योर्डसंग उपलब्ध विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड कारलाई उचित मूल्यमा बिक्री गरिने कम्पनी भनाई छ ।

कम्पनीले सकेन्ड ह्यान्ड कारको खरिदमा आकर्षक उपहारदेखि फाइनान्स सुविधा समेत उपलब्ध गराउँदै आएको छ । यसैगरी, एकजना भाग्यशाली बिजेतालाई लक्कि ड्रमार्फत विशेष उपहार समेत प्रदान गरिनेछ । पुरानो कार दिएर पुरानै कार एक्सचेन्ज गर्न आउने उपभोक्तालाई उनीहरुको कारमा उच्चतम मुल्यांकन दिइने कम्पनीले जनाएको छ ।

पुरानो गाडीको खरिदमा फाइनान्स सुविधाका लागि कम्पनीले सिप्रदी हायर पर्चेज र एमएडब्लू इन्भेष्टमेन्टबाट कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । यसरी कर्जा लिँदा न्यून ब्याजदरसहित सरल किस्तावन्दिको सुबिधा समेत पाइनेछ ।

सम्बन्धित समाचारहरू

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

टाटा नेक्सन फेब्रुअरीमहिनामा समेत भारतको सर्बाधिक बिक्री हुने एसयुभी...

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

सिप्रदी र पठाओबिच सहकार्य, एक्सप्रेस-टी ट्याक्सी खरिद गर्दा निःशुल्क रजिस्ट्रेसन

काठमाडौँ – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र पठाओ...

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

टाटाको नक्कली पार्ट्स विक्री गर्ने रौनियार प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले हिँजो काठमाण्डौ ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...