दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि
हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल...
काठमाडौं– हुन्डाईको वहुप्रतिक्षित बिद्युतिय एसयुभी क्रेटा आगामी जनवरी १७ तारिखमा लन्च हुने भएको छ । भारत मोबिलिटी एक्सपोको पहिलो दिनमै क्रेटा ईभी लन्च हुने हुन्डाई इन्डियाले जनाएको हो ।
क्रेटा ईभी नेपाली बजारमा समेत प्रतिक्षा गरिँदै आएको एसयुभी हो । भारतमा लन्च भएलगत्तै यो नेपाली बजारमा समेत आउनेछ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीलाई नेपाल ल्याउने प्रक्रिया समेत थालिसकेको छ । सम्भवतः यो कार माघ महिनाको अन्तिमसम्ममा नेपाल आईसक्नेछ ।
सो नयाँ ईभीमा हुन्डाईले कोना ईभी र अल्काजार एसयुभीको इन्टेरियरलाई सेयर गर्ने जनाएको छ । लुक्स र डिजाइन भने रेगुलर क्रेटाको जस्तै हुनेछ । साथै, यसमा नयाँ थ्री–स्पोक स्टेरिङ ह्विल उपलब्ध हुनेछ ।
क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान हुने जनाइएको छ । सो नयाँ ईभीले एमजी जेडएस ईभी, टाटा कर्भ ईभी, महिन्द्रा बीई–६ र मारुती सुजुकीको नयाँ आउँदै गरेको ईभीसंग प्रतिस्पर्धा गर्नेछ ।
बार्षिक २४ हजार युनिट हाराहारी क्रेटा ईभी उत्पादन गर्ने र एकदमै प्रतिस्पर्धी मुल्यमा बिक्री गर्ने कम्पनीले योजना बनाएको छ । क्रेटा ईभी नेपाल आएपछि यसले मुलतः चिनियाँ ब्रान्डका ईभीहरु बीवाईडी एट्टो–३, एमजी जेडएस ईभी र सेरेस–३ लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल...
हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
हुन्डाईले लाइफस्टाइल पिकअप सान्ता क्रुज अमेरिकामा सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...