टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष २०२४ को अन्तिममा स्टक क्लिरियन्स गर्न भन्दै यि तिन कम्पनीले ३ लाख १० हजार भारु सम्म छुट दिने योजना ल्याएका हुन् ।

भारतमा पछिल्लो समय ईभीको बिक्री कम हुँदै गएपछि आफूसंग भएको स्टक सल्टाउनुपर्ने बाध्यतामा यी तीनवटै कम्पनी छन् । जसअनुसार, टाटाले टियागो ईभीको २०२४ मोडलमै १ लाख १० हजार भारु छुट दिएको छ ।

यसैगरी, टाटाले २०२३ मोडलको टियागो र टिगोर ईभीमा २ लाख भारु हाराहारी छुट दिएको छ । यस्तै, अर्को ईभी नेक्सनको २०२३ मोडलमा ३ लाख भारुसम्म छुट दिएको टाटा मोटर्सले पन्च ईभीमा भने ७० हजारसम्म छुट दिएको छ ।

महिन्द्राले आफ्नो ईभी एक्सयुभी ४०० मा ३ लाख १० हजार भारुसम्म छुट दिएको जनाइएको छ । यसैगरी, एमजी कोमेटरमा २५ हजार भारुसम्म र जेडएस ईभीमा २ लाख २५ हजार भारुसम्म छुट दिएर बिक्री गरिएको छ । हालै लन्च भएको विन्ड्सर ईभीमा भने एमजीले कुनै छुट नदिएको जनाइएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने

टाटा मोटर्सको हाइड्रोजन ट्रक परीक्षण सुरु, २ वर्षपछि लन्च गरिने

टाटा मोटर्सले भारतको पहिलो हाइड्रोजन प्रविधिबाट चल्ने ट्रकको परीक्षण...

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १...

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

नयाँ अवतारमा आउँदै एमजी–४, यस्तो हुनेछ विशेषता

एमजीले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक कार एमजी४ लाई नयाँ अवतारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...