सुजुकी भिटारामा आधारित टोयोटा अर्बन क्रुजर ईभी सार्वजनिक, अर्को वर्ष लन्च हुने

टोयोटाले अर्बन क्रुजर ईभीको उत्पादन संस्करण सार्वजनिक गरेको छ । नयाँ इलेक्ट्रिक एसयूभी मारुती सुजुकी ई– भिटारामा आधारित रहने जनाइएको छ । सो नयाँ ईभीलाई टोयोटाले अर्को वर्ष भारतमा बिक्री गर्ने योजना बनाएको छ ।

सो नयाँ ईभीको एक्सटेरियरमा यू–आकारको एलईडी हेडलाइट, स्क्वायर–इश व्हील आर्च तथा कालो इन्सर्टको साथ एलईडी टेललाइट जडान गरिएको छ । साथै यसमा १८ इन्च अर्थात १९ इन्चको एरो अप्टिमाइज्ड ह्वीलहरू प्रदान गरिनेछ ।

अर्बन क्रुजर ईभीको भित्री भाग यसअघि सार्बजनिक गरिएको ई–भिटारा कन्सेप्टसँग मिल्दोजुल्दो छ । यसमा डुअल–स्क्रिन लेआउटको साथ उही ड्यासबोर्ड छ, जसमा १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ ।

फिचरको कुरा गर्नुपर्दा यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, पावर ड्राइभर सिट, सनरुफ, रिक्लाइनिङ रियर सिट, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी रहेको छ । ईभीमा ३६० डिग्री क्यामेरा र एडिएएस पनि समाबेश हुनेछ ।

ई–भिटारा जस्तै, टोयोटाको इलेक्ट्रिक एसयूभी पनि ४९ र ६१ किलोवाट आवर गरी दुईवटा ब्याट्री अप्सनमा उपलब्ध हुने जनाइएको छ । सानो ब्याट्रीलाई अगाडिको एक्सललाई पावर गर्ने एकल इलेक्ट्रिक मोटरसँग जोडिनेछ । यसको आउटपुट १४२ एचपी र १८९ एनएम हुनेछ ।

साथै, ६१ किलोवाट आवर ब्याट्री सिंगल र डुअल ब्याट्री भेरिएन्टमा उपलब्ध हुनेछ भने यसको आउटपुट क्रमशः १७२ बिएचपी र १८९ एनएम तथा १८४ एिचपी र ३०० एनएम हुनेछ ।

सम्बन्धित समाचारहरू

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

सस्तो भयो टोयोटा हाइलक्सको वेस भेरिएन्ट, वाँकी दुई भेरिएन्टको मूल्य वढ्यो

टोयोटाले भारतमा हाइलक्स पिकअपको मूल्य हेरफेर गरेको छ । कुल तीन भेरिएन्टमा...

टाेयाेटा यारिस क्रस हाइब्रिड सार्वजनिक, मूल्य १ कराेड २२ लाख

टाेयाेटा यारिस क्रस हाइब्रिड सार्वजनिक, मूल्य १ कराेड २२ लाख

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

यी हुन् नेपालमा उपलब्ध भारतबाट आयात हुने करोड भन्दा बढी मूल्यका कार

भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...