भारत एनक्यापको पहिलो नतिजा सार्वजनिक, टाटा ह्यारियर र सफारीलाई फाइभ स्टार
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चितवनमा एक कार्यक्रममाझ टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ । कार्यक्रममा चितवनमा संचलित विभिन्न यातायात कम्पनीका अध्यक्षहरुले समेत सहभागीता जनाएका थिए ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ कमर्सियल भेइकल बिजनेस युनिटका एजिएम कृष्ण चन्दले चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक बीएस६ ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरे । सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको उनको भनाई थियो ।
प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल रहेको धारण ब्यक्त गरे । बीएस६ प्रबिधीका कारण प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न यसले मद्दत गर्ने उनको भनाई थियो ।
सिप्रदी ट्रेडिङले यसअघि नै नेपालमा ४ हजार भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको र बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको पोख्रेलले जानकारी गराए ।
हालै नेपाल भित्रिएको टाटा म्याजिक बिएस६ मा ६९४ सीसी पेट्रोल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ३० एचपी पावर र ५५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलार्य ५–स्पीड गियरबक्ससंग जोडिएको छ । म्याजिकमा १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि–रोल बारजस्ता विशेषताहरू छन् ।
यी विशेषताले यात्रुका लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्ने कम्पनी भनाई छ ।
भारत सरकारले पहिलो पटक क्र्यास टेस्ट ‘भारत न्यु कार एसेस्मेन्ट प्रोग्राम...
इलेक्ट्रिक कारको माग तीव्र गतिमा बढेसँगै टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन...
यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...