२०३० सम्ममा होन्डाले सोलिड–स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने, मुल्य २५ प्रतिशत सस्तो हुने

होन्डाले सन् २०३० को अन्त्यसम्ममा सोलिड–स्टेट ब्याट्रीद्वारा सञ्चालित आफ्नो पहिलो विद्युतीय सवारीसाधन प्रस्तुत गर्ने योजना बनाएको छ ।

हाल प्रयोग हुँदै आएको लिथियम–आयन सेलको तुलनामा होन्डाको नयाँ सोलिड–स्टेट ब्याट्री ५० प्रतिशत सानो, ३५ प्रतिशत हल्का र २५ प्रतिशत सस्तो पर्ने जनाइएको छ । यी ब्याट्री बढी सुरक्षित र उच्च चार्जिङ स्पिडको हुने उल्लेख गरिएको छ ।

होन्डाको सोलिड–स्टेट ब्याट्रीले सिंगल चार्जमा १ हजार किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सन् २०४० सम्ममा ब्याट्रीको साइज, तौल र लागत घटाउँदै यस्तो रेन्जलाई १ हजार २५० किलोमिटरसम्म पुर्याउने लक्ष्य होन्डाले लिएको छ ।

ठूलो मात्रामा सोलिड–स्टेट ब्याट्री कसरी बनाउने भनेर पत्ता लगाउन होन्डाले हालै यसको पाइलट उत्पादन सुविधा निर्माण समेत गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले छिट्टै परीक्षण उत्पादन सुरु गर्ने तयारी थालेको छ ।

होन्डा आर एन्ड डीका इनोभेटिभ रिसर्च एक्सिलेन्सका प्रमुख इन्जिनियर ताकेशी उएडाका अनुसार ब्याट्री उत्पादनको सन्दर्भमा कुनै पनि समस्यालाई जतिसक्दो चाँडो पहिचान गर्न र समाधान गर्न पायलट लाइन सिर्जना गरिएको हो । यसले आफ्नै प्रोटोटाइप ब्याट्री बनाउनु सहयोग गर्नेछ ।

सोलिड–स्टेट ब्याट्री उत्पादनमा यसअघि टोयोटा, बिएमडब्लु, निसान र फक्सवागन जस्ता ब्रान्डले समेत काम अघि बढाइसकेका छन् । यो नयाँ प्रबिधीमा काम गर्न चिनका ठूला अटो उत्पादनकहरु समेत अक्रमक भएर लागि परेका छन् ।

सम्बन्धित समाचारहरू

होन्डाले स्मार्ट टेक्नोलोजी र हाईटेक फिचर भएको दुई इलेक्ट्रिक एसयूभी ल्याउँदै

होन्डाले स्मार्ट टेक्नोलोजी र हाईटेक फिचर भएको दुई इलेक्ट्रिक एसयूभी ल्याउँदै

होन्डाले कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा जिरो सिरिज अन्तर्गत...

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले...

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...